चुलाचुली का किसानहरु मा पिँडालु खेतिको आकर्षण बढदै
देवेन्द्र पौडेल चुलाव्हुली /इलामको चुलाचुली गाउपालिका का किसानहरु बर्खे पिंडालु खेती तर्फ आकर्षित भएका छन ।
धान खेतीका लागी पर्याप्त पानीको श्रोतहरु आवस्यक पर्ने भएकाले पछिल्लो समय इलामको चुलाचुली गाउपालिका का धेरै किसानहरु ले धान खेतिको बिकल्प का रुपमा पिंडालु खेती गर्न सुरु गरेका छन ।
चुलाचुली गाउपालिका वडा नम्बर ३ निवासी आस बहादुर राइले बर्षेनी २ देखी ३ कट्ठा पिंडालु खेती गर्ने गरेका छन । धान रोप्दा लागत खर्च बढी आउने भएकाले वर्षेनी धानलाई घटाउदै पिडालु बढाउदै खेती गर्ने गरेको वहाँको भनाइ छ । पिँडालु बाट वार्षिक प्रतिकट्ठा ४० देखि ५० हजार आम्दानी गर्न सकिने आसबहादुर बताउछन । धानखेतिमा जोतखन बढी लाग्ने तथा श्रम समेत बढी खपत हुने र सिँचाइ अभाब भएका स्थानमा उत्पादन कम हुने समस्या भएको तर पिँडालु खेतिका लागि न्यून जोतखन र सिचाइ बिना नै उत्पादन लिन सकिने भएकाले किसानको आकर्षण पिँडालु खेती तर्फ बढेको पाइएको छ ।
चुलाचुलि वडा नम्बर ४ पालिका टोलका राजमान राई पनि बर्सेनि पिँडालु खेती गर्ने किसान हुन । पिँडालुको उत्पादन बढी लिन उनले हरेक वर्ष अलग अलग खेतमा पिँडालु रोप्ने गरेको पाइएको छ । फागुन मा रोपेर असोज देखि कात्तिक भित्रमा उत्पादन दिने पिँडालु लाई सामान्य गोडमेल गरिराख्नु पर्ने तर ठूलो मेहनेत भनें खासै आवस्यक नपर्ने उनको अनुभव छ । राजमान मात्रै हैन चुलाचुली मा पिंडालुखेती गर्ने धेरै किसान हरु छन , चुलाचुली ४ कै बिर्ख बहादुर मगरले पिडालुका साथमा घर तरुल समेत लगाएका छन । धान रोप्दा खासै उत्पादन नहुने सुख्खा जमिन भएकाले बिगतमा सिमलतरुल रोप्ने गरेको तर सिमल्तरुल ले उचित मूल्य नपाउदा निरास बनेका सोही वडा निवासी वीर बहादुर मगरले पिडालु खेती गरेको झण्डै ५ वर्ष भयो । प्रत्येक वर्ष २ कट्ठा को पिडालुले दसैतिहार जस्ता ठुला चाडबाड को खर्च धानिराहेको वीर बहादुर को भनाइ छ ।
दमकका एक टापन नाम गरेका सब्जी ब्यापारिको सल्लाह र सहयोगमा चुलाचुली गाउपालिका मा ब्यावसायिक रुपमा पिँडालु खेती सुरु गरिएको पाइएको छ । सब्जी खरिद गर्ने क्रम मा उनले आफ्ना हितैसी र आफुलाई सब्जी बिक्री गर्ने किसान हरु सँग उक्त पिँडालु रोपेमा आम्दानी राम्रो हुने सल्लाह पश्चात गाउले हरुले उक्त खेती गर्न थालेको ब ताउनु हुन्छ चुलाचुली ३ कि पिँडालु कृषक बिमला राइ । वहाँ का अनुसार अझै पनि किसान हरुले पिडालुको बिउ जोगाउन नसकेमा तीनऐ टापन ब्यापारी ले उपलब्ध गराइ बिमला राइ ब ता उछिन र चुलाचुली मा उत्पादित प्राय सबै पिडालु हरु ति नै ब्यापारी टापन ले खरिद गर्ने गरेकाअ छन ।
नेपाल को तराइ पहाड तथा मध्य पहाडी क्षेत्रमा २४ भन्दा धेरै स्थानिय जातका पिंडालु को खेती गरिएता पनि खास गरी कर्मो पिँडालु , हाते पिडालु जले पिँडालु र स्थानिय प्र जाती का पिंडालु को खेती गर्ने गरेको पाइएको छ । खास गरी इलाम जिल्ला का बिभिन्न पालिका हरुमा हात्ती पाउ पिंडालु , खारी पिडालु, सेतो पिँडालु रातो पिँडालु दाठे पिडालु लाहुरे, कर्कालो लगायतका जात हरु रोपिएता पनि चुलाचुली मा भनें स्थानिय जातको कालो पिँडालु को उत्पादन राम्रो हुने गरेको पाइएको छ ।
पिँडालु सेवान गर्नाले पाचन प्रणालीको सुधार हुन्छ भनें रोग प्रतिरोधात्मक क्षमता को बृद्धी गर्नुका साथै मधुमेह का रोगी हरुलाई समेत पिडालु को सेवान गर्न चिकित्सक हरुले सल्लाह दिने गरेको पाइएको छ भने पँडालु मा कार्बोहाइड्रेट फाइबर म्यागनेसियम पोटासियम क्याल्सियम जस्ता तत्व हरु पाइने भएका ले पछिल्लो समय पिडालु को महत्व समेत दिनानु दिन बढदै गएको छ ।
स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै लाभदायक र आर्थीक दृष्टिकोणले समेत अत्यन्तै महत्वपुर्ण पाली का रुपमा स्थापित हुँदै गरेको पिडालु खेती को बिष्तार र प्रवर्द्धन मा सम्बन्धित निकायले ध्यान दिदै किसानहरु को आवस्यकता मा बिषेस ध्यान दिन आवश्यक देखिन्छ ।
