चुलाचुली को पाथिभरा औषधि पसल मा शिलबन्दी
देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली /इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ आइतबारे बजार स्थित पाथिभरा औषधि पसलमा आज सिलबन्दी गरिएको छ ।
औषधि ब्यवस्था बिभाग बिराटनगर का फार्मेसी निरिक्षक दिपेन्द्र खडका को नेतृत्वमा आएको एक विशेष टोलि ले निरिक्षणको क्रममा उक्त पसलले सम्बन्धित निकायबाट अनुमती नलिइ सन्चालन गरेको पाएपछी सिलबन्दी गरेको हो ।
निरिक्षक खड्का का अनुसार स्थानिय निकायमा मात्रै दर्ता गरेर टिकाराम घिमिरेले सन्चालन गरेको उक्त पाथिभरा औषधि पसल मा फार्मेसिष्ट नरहेको र सम्बन्धित निकायबाट अनुमती पत्र समेत नलिइएकाले सिलबन्दी गरिएको बताउनु भयो ।
वहाका अनुसार अब सन्चालकले घरबहाल को सम्झौता पत्रका साथमा औषधि ब्यवस्था बिभाग बाट इजाजत पत्र लिएपश्चात स्थानिय प्रशासनको रोहोबर मा पसलको सिल खोलिनेछ । पसल सन्चालक लाई ७ दिन भित्रमा बिभाग मा उपस्थित हुन लिखित आदेश समेत दिएको छ भनें थप अनुसन्धानको लागि ब्यावसाय दर्ताको प्रमाण पत्र समेत जफत गरेको छ ।
उक्त पाथिभरा औषधि पसलले चुलाचुली गाउपालिका को वडा नम्बर ३,४,५ का अलवा झापाको कमल गाउपालिका वडा नम्बर ५ का स्थानिय हरुलाइ औषधि बिक्रीबितरण गर्दै आएको छ । सो पसल बन्द भएपछी उक्त क्षेत्रका बासिन्दा हरुले सामान्य औषधि खरिद गर्न पनि दमक पुग्नु पर्ने बाध्यता बढेको छ ।
