सामुदायिक गतिबिधीमा सक्रिय बन्दै चुलाचुलीका सहकारीहरु
देवेन्द्र पौडेल ,इलाम टाइम्स चुलाचुली / गत श्रावण १९ गते चुलाचुली गाउपालिका वडा नम्बर ४ बस्ने जंगी प्रसाद नेम्वाङ्ग को ७९ वर्षको उमेर मा निधन भयो , उनका ४ छोरा र ३ छोरी रहेका छन ।
जेठी छोरी हर्क माया लिम्बु जो संग चुलोचौको मेलापात घाँसदाउरा लगायत बैदेशिक रोजगारीको समेत अनुभब छ, श्रीमान ले घर ब्यवहारमा त्यती सहयोग नगरेको जसले गर्दा आफ्ना सन्तानहरु लाई राम्रो शिक्षादिक्षा दिन नसकेको उनको गुनासो छ । पछिल्लो समय त उनका श्रीमानले अर्की श्रीमती लिएर गाउ नै छोडी बेपत्ता भएका छन । हर्क माया लाई श्रीमान नहुँदाको खल्लो त छदै छ तर सामन्य जिवनयापन मा त्यत्रो अभाब खडकिएको छैन श्रीमान को ।
छोरालाई बैदेशिक रोजगारीमा पठाएकी छिन र आफु आफ्नै घरमा सामान्य पसल गरेर आयआर्जन गर्नुहुन्छ । ब्यवसाय सानो ठुलो भन्दा पनि आफू केमा , कुन काममा उपयुक्त छु भन्ने छनौट गरेर ब्यावसाय गरेमा पक्कै सफलता मिल्ने वहाँ को बिश्वास छ ।आज वहाँ को बुवाको स्वर्गबास भएको चौथो दिन , लिम्बु सस्कार अनुसार सुद्धाइ को कार्यक्रम सम्पन्न भयो , आफन्त नातागोता छरछिमेकी इष्ट मित्र साथीभाइ सबै भेला हुनु भयो वहाँहरु लाई सहानुभुती प्रकट गर्न । यसै क्रममा केहि सामाजिक सस्था का साथमा सहकारीका प्रतिनिधीहरुको समेत उपस्थित भएका थिए , जसको कारण थियो हर्क माया ति सहकारीहरु मा शेयर सदस्य रहनु ।
पछिल्लो समय सहकारीहरु सामुदायिक गतिविधी मा निक्कै सकृय रहेको देखिन्छ ,चुलाचुली गाउपालिका लाई कार्यक्षेत्र बनाएर काम गरिरहेका नाम चलेका सहकारीहरु मध्ये मेची सहकारी र एनएमसी सहकारी सामुदायिक गतिविधीहरु मा सकृय बनेर लागेका छन ।
हिजो श्रावण २२ गते सम्पन्न जंगी प्रसाद नेम्वाङ्गको सुद्धाइ कार्यक्रममा शोकमा रहेको परिवार लाई दुबै सहकारीहरु ले आर्थीक सहयोग गरेका छन । सस्थाहरु को आ -आफ्नै नियम अनुसार मेची सहकारी ले रु. ५ हजार नगद साथै समबेदना पत्र हस्तान्तरण गर्दै सोकमा परेको परिवारलाइ लाई सहानुभुती साथै केहि हद सम्म को आर्थीक सहयोग गर्यो भने अर्को एनएमसी सहकारी ले पनि सस्थाको नियम अनुसार रु. ६ हजार भन्दा माथी शेयर रकम जम्मा गर्ने सदस्यहरु लाई मृत्यु राहत कोष अन्तरगत सुद्धाइ खर्च बापतको नगद रु.१० हजार आर्थीक सहयोग गरेको छ ।
यसरि गाउ समाजमा रहेर सस्थागत नाफाघाटा को हिसाब मात्रै नगरेर जुन समाजमा आफु रहेर ब्यावसाय गर्ने हो त्यो समाज मा रहने महानुभाब हरुको दुख -सुखमा सहकार्य गर्दै सामाजिक गतिविधी सन्चालन गर्नु सहकारीहरु को बिग्रदो र गलत सन्देश प्रवाह भइ रहेको अवस्थामा चुलाचुली मा भनें स्थानिय क्षेत्रमा रहेर काम गरिरहेका सहकारीहरुले यस्तो सामुदायिक गतिविधी लाई अघाडी बडाउदै लगेमा सकारात्मक सन्देश प्रवाह हुने देखिन्छ ।
