देवेन्द्र पौडेल/इलाम टाइम्स चुलाचुली,सस्थागत बिध्यालय हरुको छाता संगठन प्याब्सन चुलाचुली पालिका समितिले चुलाचुली गाँउपालिका का अध्यक्ष राजेन्द्र केरुङ्ग लाई आज वहाकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल सरकारले संसद मा पेश गर्न लागेको बिध्यालय शिक्षा सम्बन्धी कानुनलाइ संशोधन र एकीकरण गर्न बनेको बिधेयक २०८० सरोकारवाला प्रति पुर्वाग्रही तरिकाले र संविधान बिपरित रहेकोले यसको बिरुद्धमा गाउपालिका मार्फत सम्बन्धित निकाय सम्म खबरदारी गर्न ध्यानाकर्षण पत्र बुझाएको हो । प्रस्तावित बिधेयकले ५ वर्ष भित्रमा निजि लगानिका बिध्यालयले आफ्नो सम्पुर्ण दायित्व फरफराक गरि शैक्षिक गुठिमा रुपान्तरित हुनुपर्ने प्रावधान रहेको छ । उक्त बिधेयक संसदमा पेश हुनु अगावै सरोकार वाला हरु संग छलफल गरि सम्बोधन नभएमा देशै भरी संचालित निजि लगानिका बिध्यालयहरु बन्द गरि थप आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

प्याबसन चुलाचुली पालिका समिति अध्यक्ष छवि खनाल द्वारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्र चुलाचुली भित्र रहेका ७ वटा निजि बिध्यालयका संचालक , प्रधानध्यापक हरुले संयुक्त रुपमा पालिका अध्यक्ष राजेन्द्र केरुङ्ग लाई हस्तान्तरण गर्नु भएको हो । ध्यानाकर्षण पत्र बुझ्दै पालिका अध्यक्ष केरुङ्गले सो पत्र जिल्ला प्रशासन कार्यालयमा तुरुन्तै प्रेषण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । साथै बिध्यालय बन्द गरेर गरिने आन्दोलनले स्वयम् संचालक हरुलाइ नै क्षती हुने भएकाले आन्दोलन को स्वरुप परिवर्तन गर्न समेत सुझाब दिनु भयो ।

ध्यानाकर्षण पत्र बुझ्ने बुझाउने कार्यक्रम पछि सामुहिक सम्बन्धित बिषयमा छलफल समेत चलेको थियो । छलफलका क्रममा स्थानिय तहलाइ सस्थागत बिध्यालय हरुको अनुगमन र नियमन गर्ने अधिकार र जिम्मेवारी भएकाले योअब तुरुन्तै सुरु गरिने बताउनु भयो ।वहाले थप्नुभयो स्थानिय सरकारको सुचना र निर्देशन निजि बिध्यालयहरु ले पालना र लागू नगरेको शिक्षा शाखाले पटक पटक गुनासो गरेकाले यश बिषयमा गम्भीर हुन अनुरोध गर्नु भयो साथै चुलाचुलिमा रहेका सस्थागत बिध्यालय हरुले चुलाचुली को शैक्षिक गुणस्तर वृद्धि मा अहम भुमिका रहेकाले सम्पुर्ण सस्थागत बिध्यालयलाइ धन्यवाद र समय समयमा छलफल संवादका लागि समेत अनुरोध गर्नु भयो ।

छलफलमा प्याब्सन का तर्फबाट लोकनाथ पौडेल ले स्थानिय पाठ्यक्रम तुरुन्तै लागू गर्नुपर्ने बताउनु भयो ।स्थानिय पाठ्यक्रम तयारि बिज्ञ टोलि ले पाठ्यक्रम तयार पारेर स्थानिय तहलाइ जिम्मा लगाइसकेको र सो बापत्को बिलभर्पाइ समेत पास भुक्तानी भै सकेको दुइ शैक्षिक सत्र समाप्त हुदा समेत कार्यान्वयन नभएको अध्यक्ष लाई जानकारी गराउनु भयो ।त्यसै गरि पालिकाको शिक्षा शाखा ले महत्वपुर्ण छलफल , गोष्ठी तालिम इत्यादी मा सस्थागत बिध्यालयहरु लाई महत्व नइदिएको गुनासो राख्नुभएको थियो । मासिक बिध्यालय प्रधान्ध्यापक हरुको बैठकमासमेत शैक्षिक गणस्तर वृद्धि लगायत समसामयिक बिषय भन्दा पनि सरकारी तलब भत्ता र सरकारी अनुदानको बिषयले प्राथमिकता पाउने भएकाले प्राय सस्थागत बिध्यालयका प्र.अ. हरु अनुपस्थित हुने गरेको वहाले बताउनुभयो ।

चुलाचुली गाउपालिका मा ७ वटा सस्थागत बिध्यालयहरु मा १८ सय भन्दा बिध्यार्थी तथा १५० जना को हाराहारिमा सिक्षक कर्मचारीहरुले अध्यन अध्यापन गर्ने गराउने गर्दछन ।

Facebook Comments Box