सरवस्ती आ.बि. का बिध्यार्थीलाई ट्रयाकसुट बितरण
बिबिसी हाङखिम /इलाम टाइम्स सन्दकपुर,
इलामको सन्दकपुर २ माइमझुवा स्थित श्री सरस्वती आधारभूत बिद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुलाइ निशुल्क ट्र्याकसुट बितरण गरिएको छ।
उक्त ट्र्याकसुट स्थानीयबासी होमेन्द्र पुमा राइले बिद्यार्थीहरुलाइ प्रदान गर्नुभएको हो।
बिहिवार एक कार्यक्रम गरि त्यस बिद्यालयका बिद्यार्थीहरुलाइ १/१ थान ज्याकेट सहित टाउजर प्रदान गरिएको छ।
जम्मा १ लाख ४० हजार लागत बराबरको ट्र्याकसुट
प्रदान गर्नुहुने उक्त विद्यालयका अक्षयकोषदाता राज बहादुर पुमा राइका जेठा छोरा हुनुहुन्छ।
विद्यालयका तर्फबाट बिद्यालयका प्रधानाध्यापक तोयनाथ दाहालले पुमा परिवारलाइ धन्यबाद दिनुभएको थियो।
Facebook Comments Box
