नेकपा एमाले चुलाचुली गाउ कमिटि उपाध्यक्षको राजिनामा

देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली / नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष कुमार साङपाङ्ग राइले आफ्नो पदबाट राजिनामा दिनु भएको छ ।
हिजो साँझ सामाजिक सन्जालमा पार्टीले दिएको जिम्मेवारी बाट अलग भएको कुरा लेख्दै पदबाट समेत राजिनामा दिएको जनाउनु भएको हो । चुलाचुली गाउपालिकामा बिध्यमान समस्याहरु सँग जुध्न , स्थानिय सरकारले गरेका सकारात्मक कामको प्रसांशा र नकारात्मक कामको बिरोध गर्न पार्टीले नसकेको कारण पदबाट राजिनामा दिएको सामाजिक सन्जाल मा लेख्नु भएको छ ।
साथै नेकपा एमालेको चुलाचुली गाउकमिटी ले जनभावना अनुसारको कार्य गर्न नसकेको र केहि गर्न खोज्दा समेत पार्टी नेतृत्व ले असहयोग गर्ने गरेको बताउनु भयो । चुलाचुलीमा स्थानीय सरकारले सिमलतारुल अनुदानको नाममा गरेको अनियमितता का बारेमा पार्टी नेतृत्व चुइक्क नबोल्ने र बोल्न खोज्नेलाई समेत हतोत्साहित गर्ने गरेको कारण पार्टीको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा रहेर पालिका मा भएको बिकृति हेर्न नसकिने र यसको बिरुद्धमा बोल्दा पार्टी नेतृत्वले नकारात्मक दृष्टि कोणले हेर्ने भएकोले पदबाट राजिनामा दिएको हु वहाले थप्नुभयो ।
खासगरी नेकपा एमालेको स्थानीय सरकार रहदाको बखत चुलाचुलीमा औधोगिक ग्राम बनाउने भनेर उक्त ग्राम निर्माणको लागि बजेट समेत निकाशा भएको , सिलान्यास समेत गरिएको उक्त ग्रामलाई पछिल्लो स्थानीय सरकारले प्राथमिकीकरण मा नाराखिदिदा उक्त योजना का लागि विनियोजित ७० लाख भन्दा बढी बजेट फ्रिज भएर गएका कारण यस्तो गम्भीर बिषयमा समेत पार्टी नबोल्दा पार्टी नेतृत्व प्रति आम चुलाचुली बासि निरास भएकाले आफु समेत पदमा रहन नसक्ने वहाको भनाइ छ ।
उपाध्यक्षको राजिनामा बारे नेकपा एमाले गाउ कमिटि अध्यक्ष दिलु लावती भने अनभिज्ञ हुनुहुन्छ वहाका अनुसार उपाध्यक्षले पार्टीको मिटिङ्ग हरुमा समेत खासै त्यस्ता कुरा हरु नउठाउनु भएको र पार्टी प्रति आम गाउबासी निरास हुनु पर्ने अवस्था नरहेको र स्थानीय स्तरमा भएका बिकृति विसंगति का बिरुद्धमा विधिवत ढङ्ग ले पार्टीमार्फत स्थानीय सरकारलाई ध्यानाकर्षण र ज्ञापन पत्र हरु समेत बुझाउदै गलत कार्य निष्तेज पार्न विभिन्न प्रकारका दवाबमुलक कार्यक्रम हरु संचालन भइरहेको बताउनु भयो । वहाले थप्नु भयो अधिवेशन बात चुनिएको कार्यसमिति का जो कोहिले राजिनामा दिदा बिधि र प्रक्रिया मार्फत गएमा मात्र कार्यान्वयन हुने भएकाले सोहि अनुसार अगाडी बढन समेत सुझाब दिनु भयो ।
स्थानीय तहको निर्वाचनमा गाउपालिका उपाध्यक्ष बिजयी भए पश्चात पार्टीलाई चलायमान राख्न गाउकमिटि अध्यक्ष जनप्रतिनिधि बने सगै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिदै पार्टीको क्रियाकलाप लाइ निरन्तरता दिन आवश्यक रहेको छ भने यसरि आन्तरिक कलहले राजिनामा लेख्ने र लेखाउने कार्यलाई प्राथमिकता भन्दा पनि छलफल को बाटो अपनाएर अशन्तुष्ट पक्षहरु बीच बहस गर्दै गाउ अधिवेशन जस्तो सम्मानित प्रक्रियालाई सम्मान गर्दै सोहि गाउसभा लाइ नै राजिनामा पत्र थमाउन सकेमा असल संगठानिक संस्कार को बिकास हुने देखिन्छ ।