कर्मचारीहरु प्रवेश गर्नु अघि राष्ट्रिय गान गाएर मात्र प्रवेश गर्नु पर्ने

सुनसरीको बराहक्षेत्र नगरपालिकामा अव देखि कार्यालय प्रवेश गर्ने निर्धारित समयमा कार्यालय पोसाकसहित कर्मचारी राष्ट्रिय गानमा उपस्थित हुनुपर्ने भएको छ ।
बराहक्षेत्र नगरलाइ प्रदेशकै नमुना बनाउन यस्तो गतेको बराहक्षेत्र नगरपालिकाको नगरप्रमुख रमेश कार्कीले जानकारी दिएका हुन् । कर्मचारीहरुले यो राम्रो सुरुवात गर्नुभएको छ । यसलाई निरन्तरता दिन आग्रह गर्न चाहन्छु साथै जिम्मेवार भएर नागरिकको सेवामा लाग्न समेत सल्लाह आदेश गरेको छु । आफनो देशप्रति सम्मान जनाउनु राम्रो हो ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋसीप्रसाद सिटौलाको अनुसार “कार्यालयको नियमित कामकाजसँगै नागरिकहरुको सेवा प्रवाहप्रति थप जिमेवारी बनाउन कार्यलय यसो गर्न लागेको सिटौलाले बताए । यो हाम्रो सुरुवाती चरण भएकोले यस्मा सुधार गर्नु पर्ने धेरै कुरा छन् । कुनै पनि योजना कार्य सफल हुन समय लाग्ने भएकोले यसलाई हामीले सफल बनाएर लाने अधिकृत सिटौलाले बताए ।
नगरमा अहिले ९० जना कर्मचारी छौँ । सबै एकै समयमा आउँदा नागरिकको सेवामा समेत सहज हुन्छ ।” नगरको वडाहरुमा रहेका कर्मचारीहरुलाई पनि पत्राचार गरेर कार्यालय प्रवेशअघि राष्ट्रिय गानमा सहभागी गराँउने बराह खबरलाइ जानकारी गराएका हुन् ।
अहिले वराहक्षेत्र नगरका ११ वटै वडामा २ सय ५० भन्दा बढी कर्मचारी छन् ।