देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित एनएमबी बैक को चुलाचुली शाखा स्थानान्तरण भइ चुलाचुली वडा नम्बर ४ यलम्बर चौक बाट सेवा प्रवाह सुरु गरेको छ।
चुलाचुली गाउ पालिकाको प्रशासकिय भवन ४ नम्बर वडामा भएका कारण हाल सेवा प्रवाह गरिरहेको स्थान बाट बैकले स्थानान्तरण हुनु परेको हो । नयाँ कार्यलयको उदघाटन चुलाचुली गाउ पालिका का अध्यक्ष राजेन्द्र केरुङ्ग ले रिवन काटेर गर्नु भएको थियो भने सो उदघाटन कार्यक्रम मा बिभिन्न राजनितिक दलका प्रतीनिधीहरु , चुलाचुली गाउपालिका भित्र रहेका बिभिन्न सामुदायिक बिद्यालय का प्रधानध्यापक, बिभिन्न सामाजिक संघा सस्था का प्रतीनिधीहरु,यस क्षेत्रमा रहेका बित्तिय संघसस्थाका प्रतीनिधीहरु लगायत का महानुभाब हरुको उपस्थिती रहेको थियो ।

उदघाटन कार्यक्रम मा बोल्दै उक्त बैक का एरिया मेनेजर नरेन्द्र सुवेदिले केहि महिना अघाडी चुलाचुली को स्थानिय सरकार ले बैंक लाई बोलाएर राखेको तीन वटा प्रस्ताब हरु मा दुइ वटा पुरा गरी सकेको र एक भनें अझै पुरा गर्न नसकेको कुरा बताउनु भयो । जसमा बैकको शाखा कार्यालय स्थानान्तरण गर्ने र सामाजिक सुरक्षा कोष वडा बाट बितरण गर्ने कार्य सुरु भई सकेको र वडाका असक्त हरु जसलाई हामी ले घरघर मा सामाजिक सुरक्षा भत्ता पुर्याउने बचन त्यो चा हि पुरा हुननसकेको वहाँ ले बताउनु भयो ।

त्यसै गरी गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ्ग ले उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै भन्नु भयो बैक र गाउ पालिकाको कार्यलय नजिक मा हुनाले सेवा ग्राही हरु लाई सहज हुने र सुरक्षाको दृष्टिकोणले समेत सुरक्षित रहने बताहुनु भयो । साथै वहाँ ले बैक को शाखा स्थानान्तरण पश्चात अनावश्यक टिक्काटिपण पनी नगरी दिनु हुन सबै लाई अनुरोध समेत गर्नु भो ।

नेपालको दोश्रो पुरानो बैक एनएमबी बैकले कोशी प्रदेश मा ३१ वटा साखा र इलाम जिल्ला मा २ वटा साखा बिस्तार गरिसकेको छ । एनएमबी बैकले चुलाचुली मा २०७४ साल देखि सेवा प्रवाह गरि राखेको छ भने आजको उक्त शाखा स्थानान्तरण कार्यक्रम मा एरिया मेनेजर नरेन्द्र सुवेदी, बिजनेस डेभलबमेन्ट मेनेजर प्रमोद शर्मा, डिल्ली राम कुइकेल साथै बिभिन्न शाखा का शाखा प्रवन्धक हरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box