देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/ चुलाचुली गाउपालिका वडा नम्बर ३ स्थित श्री किराँतेश्वर माद्यमिक बिद्यालय मा हरेक शुक्रबार एक बजेपछी अतिरिक्त कृयाकलाप हरु सन्चालन गर्ने गरिएको छ ।

कहिले हाजिरी जवाफ , कहिले बकत्रित्वकला त कहिले खेलकुद, यस्तै कृयाकलाप सन्चालन गर्ने गरिन्छ शुक्रबार एक बजे पछी । यसै क्रममा आज बिद्यालयमा बादबिवाद र स्लो साइकल रेस सन्चालन गरिएको थियो । विद्यार्थीहरु लाई कितावी ज्ञानका साथै ब्यवहारिक शिक्षा पनि आवश्यक रहेको र यस्ता अतिरिक्त कृयाकलाप हरु ले विद्यार्थीमा सामाजिक चेत को समेत ज्ञान हुने भएका ले यस्ता कृयाकलाप हरु उक्त किरातेश्वर माद्यमिक बिद्यालय मा सन्चालन गर्ने गरेको पाइएको छ ।

आज सन्चालित “धन भन्दा बिद्या ठुलो” शिर्षक रहेको बादविवाद प्रतियोगिता मा कृतिका काफ्ले प्रथम, रश्मी लिम्बु दोश्रो र आयुश राइ तेश्रो भएका थिए भने सम्वृद्धि राइ सान्त्वना भएकी थिइन त्यसै गरि स्लो साइकल रेस प्रतियोगिता मा नयन राइ प्रथम साहीम राइ दोश्रो र राजु बोगटी तृतीय भएका हुन ।

बाल क्लब कि अध्यक्ष सेमिंगना राइ को अध्यक्षता मा संचालित सो प्रतियोगिता को औपचारिक कार्यक्रम को प्रमुख अतिथि बिधालयका प्रधानध्यापक ऋषिराज काफ्ले, बिशेस अतिथि सहायक प्रधानध्यापक राजेन्द्र प्रसाद रेग्मी र अतिथि अतिरिक्त क्रियाकलाप संयोजक तुलसी यवा रहनु भएको थियो ।

२०२६ सालमा स्थापना भएको श्री किरातेश्वर माध्यमिक बिद्यालयमा ३४५ जना छात्राछात्र हरुले अध्यन गर्ने गरेका छन् भने २२ जना शिक्षक कर्मचारीहरु ले अध्यापन गर्ने गराउने गरेका छन । यसरि साप्ताहिक आधा दिन मात्रै पठनपाठन संचालन गर्ने चलन भएको र बिद्यार्थीहरु बिद्यालय को परिषर बाहिर पुग्न नपाउदै शिक्षक कर्मचारीहरु समेत बाटो लाग्ने चलनले बिद्यार्थी हरु को चौतर्फी बिकास नहुने भएकाले उक्त बिद्यालयको यो अनुकरणीय कामलाइ अन्य बिद्यालय ले समेत अनुसरण गरे बिद्यार्थी हरुको चौतर्फी बिकास गर्न लाइ सहयोग पुग्ने छ ।

Facebook Comments Box