पाथिभरा को जित संगै प्रथम सनिबारे च्यालेन्ज कप को समापन

देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली / चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित श्री किरात चोलुंग आधारभूत विद्यालयको खेल मैदानमा संचालन भइ रहेको प्रथम सनिवारे च्यालेन्ज कप फुटबल प्रतियोगित आज समापन भएको छ ।
द लायन्स फुटबल एकेडेमी को आयोजना मा गत भाद्र १ गतेदेखि संचालन भएको उक्त फुटबल प्रतियोगिता को आज फाइनल खेल आयोजना संगै प्रतियोगिता समापन भएको हो । प्रतियोगितामा इलाम झापा तथा मोरंग जिल्लाका विभिन्न १६ वटा फुटबल क्लब हरुको सहभागिता रहेको थियो । कमल गाउपालिका को पाथिभरा एफ. सी. ले श्रीजनासिल एफ. सी. , भाङ्गबारी एफ. सी. , र एन. एफ. सी. टाडी लाइ पराजित गर्दै फाइनल खेलको यात्रा तय गरेको हो भने यता दमक नगरपालिका वडा नम्बर १० को संगम एफ. सी. ले युनाइटे ड सिम्ले ,साइनिंग एफ सी ,र सुनारा एफ सी लाइ पराजित गर्दै फाइनल खेलको यात्रा तय गरेको थियो ।

चुलाचुली वडा नम्बर ४ को सनिवारे मा अवस्थित किरात चोलुंग आ. बि. को खेल मैदानमा आज जारि फाइनल खेल मा पाथिभरा एफ. सी. कमल गाउपालिका ले संगम एफ. सी. दमक १० लाइ १-० गोल अन्तर ले पराजित गर्दै प्रतियोगिता को प्रथम हुन सफल भएको हो । निर्धारित एक घण्टा को समयावधि को सुरुमै पाथिभरा ले संगम एफ. सी. लाइ एक गोल गरेको थियो भने त्यहि एक गोल नै सो फाइनल खेल को निर्णायक गोल बन्यो । टिम दर्ता शुल्क रु २५ सय निर्धारण गरिएको उक्त प्रतियोगिता मा फाइनल खेल बिजेता पाथिभरा एफ. सी. लाइ नगद २० हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको हो भने उपविजेता संगम एफ. सी. दमक लाइ नगद रु. १५ हजार का साथ मा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको हो । आजको फाइनल खेल सम्म खेलेका खेलाडी हरु मध्ये पाथिभरा एफ. सी. का लक्ष्मण बिष्ट ले बेस्ट किप्पर को उपाधि पाए त्यसै गरि पाथिभरा एफ. सी. कै अमित वर्षा ले बेष्ट डिफेन्डर को उपाधि प्राप्त गरे त्यस्तै संगम एफ. सी को संजय धिमाल ले बेष्ट स्टाइकर को उपाधि प्राप्त गरे । म्यान अफ द सिरिज संगम एफ. सी. का निसान धिमाल भए भने सन्दिप केरुंग हाइ स्कोरर बने .त्यस्तै बेष्ट मिड फिल्ड र सुजन राइ रहनु भयो ।

कार्यक्रम मा फाइनल खेल को बिजेता टिम लाइ गाउपालिका अध्यक्ष राजेन्द्र केरुंग ले नगद ट्रफी तथा प्रमाण पत्र हस्तान्तरण गर्नु भएको हो भने उपविजेता संगम एफ. सी. लाइ चुलाचुली गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष सागर जवेगु ले नगद ट्रफी तथा प्रमाण पत्र हस्तान्तरण गर्नु भएको हो ।
प्रतियोगिता आयोजना व्यवस्थापन का बिषय मा जिज्ञाशा राख्दा एकेडेमी संचालक किस्मत लिम्बु ले भन्नु भयो अब तुरुन्तै हामि छलफल गरेर यसको बिषय मा आम चुलाचुली बासि फुटबल प्रेमी महानुभाब हरु लाइ चाडै नै खर्चको बिवरण सार्वजानिक गर्ने बताउनु भयो ।
