भोली परिक्षा,आज सम्म पनी स्थानिय पाठ्यपुस्तक विद्यार्थीहरु ले पाएनन

पहिलाे त्रैमासिक परीक्षा चलिरहेपनि सूर्याेदय नगरपालिकाले स्थानिय बिषयकाे पाठ्यपुस्तक अझै छापेकाे छैन ।
नगरपालिकाले पाठ्यपुस्तक छापेर बितरण नगरेपनि अधिकास बिद्यालयहरुले संचालन गरिरहेकाे पहिलाे त्रैमासिक परीक्षामा उक्त बिषयकाे परीक्षा हुने तालिका पाएका कतिपय बिद्यालयमा उक्त बिषयकाे परीक्षा भाेलि हुने भएपछि बिद्यार्थी र अभिभावकहरु अलमलमा परेका छन् ।
पर्यटकिय नगरी सूर्याेदयकाे बिबिध पक्षहरुकाे वारेमा वालबालिकाहरुलाई ज्ञान दिन नगरपालिकाले २०७८ चैत्र १५ गते तामझामकाे साथ पाठ्यपुस्तककाे लाेकार्पण गरेर नगरका सबै सामुदायिक र संस्थागत बिद्यालयहरुमा पठन पाठन गराउदै अाएकाे थियाे ।
अहिलेसम्म वालबालिकाहरुकाे हातमा पाठ्यपुस्तक किन अाएन र यसले पठनपाठनमा असर गर्दैन भनेर सूर्याेदय नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख याेगनिधि भट्टराईसग राखेकाे जिज्ञासामा नगरले गत बर्ष छापेकाे कक्षा एक पाँचकाे पाठ्यपुस्तकमा रहेका कतिपय कुराहरु पुन सम्पादन गरिनु पर्ने देखिएकाे र कक्षा ६ देखी ८ सम्मका पाठ्यक्रम निर्माण भई बिद्यालयमा पिडिएफ पठाईसकिएकाेले शिक्षकहरुलाई सहजीकरणकाे समस्या नहुने तर पाठ्यपुस्तककाे सम्पादन कार्यमात्रै सकिएकाे तर वाकी केहि प्रकृयाहरु रहेकाेले छपाई गरि बिद्यार्थीकाे हातमा पुग्न केहि समय लाग्ने बताएका छन ।
नगरले स्थानीय बिज्ञलाई बिस्वास नगरी सम्पादनको काममा बाहिरबाट बिज्ञ खोजेकाले पनि समस्या आएको सरोकारवालाको गुनासो रहेको छ । पाठ्यपुस्तक नअाउदा शिक्षण सहजीकरण प्रकृयामा सहज नभएको पाठ्यक्रम भएपनि पाठ्यक्रम ,पाठ्यपुस्तकको प्रभुदिकरण नभएको, शिक्षकहरुलाई त्यसबिषयमा ज्ञान नदिएको कारण पनि पठनपाठनमा समस्या भएको शिक्षकहरुको भनाई छ ।
उसोत सूर्याेदय नगरपालिका सामाजिक बिकास समितिका संयाेजक डिक बम्जनले पाठ्यपुस्तक अाउनढिलाेे भएकाले परिक्षाकाे बिषयमा अन्याेलता रहेकाे बताए ।
बिद्यालयमा भाेलि परीक्षा हुदैछ किताव अझै छैन अाफुले नगरपालिकाकाे शिक्षा शाखामा पटक पटक कुरा राखेकाे भएपनि हालसम्म शाखाले पठाएकाे पिडिएफ सामाग्रीवाट सहजीकरण गर्ने गरेकाे अादर्श अाधारभुत बिद्यालय कजेनीका प्रधानाध्यापक मदन भट्टराईले बताए ।
नगरपालिकाले गत बर्ष कक्षा एक देखी पाँच सम्मकाे लागि पाँचहजार पाठ्यपुस्तक छापेर सबै बिद्यालयका बितरण गरेकाे याे बर्ष कक्षा एक देखी अाठ सम्मकाे लागि करिव अाठहजार पाठ्यपुस्तक लाग्ने अनुमान रहेकाे शिक्षा शाखाकाे अनुमान रहेकाे छ ।
सूर्याेदय नगरपालिका भित्रका वालबालिकाहरुले नगरकाेवारेमा कतिपय तथ्यहरु जानेका हाेलान तर नगर बाहिरका नानिहरुले पुस्तकै नपढि नजान्ने भएकाेले पनि पुस्तक जरुरी रहेकाे अभिभावकहरुकाे भनाई रहेकाे छ ।नयाँ बुलन्द बाट साभार