ईलाम टाइम्स सम्वाददाता चुलाचुली/उच्च शिक्षा हासिल गर्न बैदेशिक अध्ययन मा विद्यार्थी हरु लाई शहजी करण गरिरहेको जेनियुन एजुकेसन एण्ड भिसा सर्भिस ले सैक्षिक परामर्श मेला सन्चालन गर्ने भएको छ । जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसले भदौ२१ गते झापाको दमक, विर्तामोड लगायतका शहरमा शैक्षिक परामर्श मेला गर्ने भएको हो ।

विदेशमा अध्ययन गर्न जाने विधार्थीहरुलाई मध्यनजर गरी झापा लगायतका मुलुकका ५ शहरमा जेनियुन एजुकेशनले शैक्षिक मेला गर्ने भएको हो । झापाको दमक ८ स्थित टयाक्सी स्टेण्डमा रहेको जेनियुनको कार्यालयमा भदौ २१ गते, सुनसरीको इटहरीमा मा भदौ २२ गते गते, झापाको बिर्तामोड मा भदौ २३ गते चितवन मा भदौ २९ गते र कठमाण्डौ मा असोज ३ गते शैक्षिक मेला आयोजना गर्ने कार्यक्रम तय गरिएको जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस दमकका निर्देशक छवि खनालले बताउनु भयो ।

जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा शैक्षिक मेलाको पूर्व तयारी,पत्रचार लगायतका काम सकिएको निर्देशक खनालले जानकारी दिनु भयो । शैक्षिक मेलामा सहभागी विधार्थी र अभिभावकहरुलाई परामर्श दिन कलेज तथा विश्व विधालयका प्राध्यापक र प्रतिनिधि आउने जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस दमकले जनाएको छ ।

विधार्थीहरुको चाहाना र अभिभावकको सहयोगमा सहज ढंगले अष्टेलियाका विभिन्न विश्व विधालयहरु एवम् कलेजहरुको अध्ययनको आधार ,त्यहाँको वातावरण ,निति नियमको वारेमा जानकारी दिन शैक्षिक मेला आयोजना गरिएको खनालले जानकारी दिनु भयो । मेलामा सहभागी विधार्थी र अभिभावकले राखेका समस्या ,जिज्ञासाको जवाफ दिने साथै अध्ययनको विषयमा सहजीकरण गर्ने जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसले जनाएको छ ।

Facebook Comments Box