रेडहर्स ताप्लेजुङ गोल्डकप को च्याम्पियन

रेड हर्स फुटबल क्लब इलामले प्रथम ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा इटहरीको जुट विकास खेलकुद एकाडेमीलाई १–० गोल अन्तरले पराजित गरी इलामले उपाधि जितेको हो ।
श्री भानुजन माविको खेल मैदानमा भएको खेलमा इलामका लागि शरण बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । खेलको ३१औँ मिनेटमा पाएको फ्रिकिकमा इलामले अग्रता लिएको थियो । खेल अवधिभर बाँकी कुनै गोल भएन । खेलको म्यान अफ दी म्याच पनि इलामकै शरण बस्नेत भए । उनले नगद ५ हजार पाएका छन् ।
यस्तै, इलामकै गोलरक्षक विवेक मगर उत्कृष्ट बन्दै नगद ७ हजार पाउन सफल भए । इलामका छिरिङ गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै नगद १० हजार र ट्रफी पाउँदा इलामकै आशिष राई सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक छिरिङ पासाङ शेर्पा भए । उनीहरुले जनही नगद ७ हजार पाए ।
यसैगरी, इटहरीका रोहन कार्की बेस्ट मिडफिल्डर र इटहरीकै रमेश राजवंशी बेस्ट डिफेन्स बन्दै जनही नगद ७ हजार पाउन सफल भए । च्याम्पियन बनेको इलामको रेड हर्ष एफसीले नगद ३ लाख ११ हजारसहित ट्रफी पायो भने उपविजेता बनेको इटहरीले नगद १ लाख ५१ हजार र ट्रफीमा प्राप्त गरेको छ ।
विजेता तथा उपविजेतालाई प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम लगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।लोकल सन्देश बाट साभार