खोसियो काजिमान को सम्मान

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/तत्कालिन माइ जोगमाइ इलाम का प्रमुख प्रशासकिय अधिकृत काजिमान राइ लाई केहि बर्ष पहिला प्रदान गरिएको इन्टेग्रेटी आइकन २०१९ खोसिएको छ ।
गत असार २७ गते माइजोगमाइ गाउपलिका को भवन भित्र प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत ले गरेको हर्कतहरु को सामाजिक सन्जाल हरु मा भिडियो बाहिरिए पछी वहाँ ले प्राप्त गरेको उक्त सम्मान समेत खोसिएको हो ।
अकाउन्टिबिलिटी ल्याप नेपाल ले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै निज कानिमान राइ लाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो भने सामाजिक सन्जालामा आएका मेरो बिषय मा आएका घटना हरु को जिम्मा लिन तयार छु भनेका छन साथै सम्पुर्ण आइकन परिवार मा पर्न गएको क्षती प्रती क्षमा चाहन्छु भन्ने उनको प्रतिकृया आएपछी उनले पाएको इन्टेग्रेटी आइकन २०१९ रद्ध गरिएको हो ।
चुलाचुली गाउ पालिका मा कार्यरत हुँदाअ काजिमान राइ ले प्राप्त गरेको इन्टेग्रेटी आइकन माइ जोगमाइ गाउपालिका मा आफ्नै महिला सहकर्मी सँग अनुचित कार्य गर्दै गरेको सिसिटिभी को भिडियो को कारण उक्त स म्मान खोसिएको हो ।
कर्मचारीहरुले आफ्ना आधारभूत नैतिक जिम्मेवारी र कर्तव्य बोध नगर्दा घटना दोहोरिरहेका उनको भनाइ छ । ‘हिजो पनि यस्तो घटना हुन्थेनन् भन्न त सकिन्न’ ‘तर कार्यालय परिसरमै यस्तो गम्भीर नैतिक विचलनका घटनाहरु सार्वजनिक भएको तथ्य कम थियो ।’
अहिले प्रविधिको प्रयोग बढिरहेका बेला हिजोभन्दा बढी जिम्मेवार र सचेत हुनुपर्ने देखिएको छ । ।