नवोदय को आँखा शिविर चुलाचुलीमा सम्पन्न
देवेन्द्र पौडेल/ इलाम टाइम्स चुलाचुली,झापाको कमल गाउपालिका वडा नम्बर ३ केर्खा बजार स्थित नवोदय बहुउद्धेश्य सहकरी सस्था लिमिटेड ले चुलाचुली गाउपालिकामा आज एक दिने आखा शिविर सन्चालन गरेको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर २ को वडा कार्यलय परिसर मा सन्चालन गरिएको उक्त आँखा शिविर बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्प्पन्न भएको हो । जाडो बढेसँगै आखाका रोगीहरु बढने भएकाले त्यसको न्युनिकरण र रोकथामका लागी सन्चालित उक्त आखा शिविरमा बिर्तामोड आखा अस्पतालका ५ जना आखा बिषेशज्ञ तथा कर्मचारी हरुको को प्रतक्ष सहभागिता रहेको थियो । चुलाचुली गाउपालिका वडा नम्बर १,२,३ र ४ वडाका आखा रोगी हरुले सो शिविर बाट प्रत्यक्ष लाभ लिएको पाइएको छ ।
३ वर्षे बालक देखी लिएर ९२ वर्षिय जेष्ठ नागरिक सम्मले सेवा लिएको उक्त एक दिने आखा शिविर बाट १ सय ४२ जना महिला र ८९ जना पुरुष साथै ११ जना बालबालिका गरी जम्मा २ सय ४२ जनाले आखा को जाँज गराएका हुन । जसमध्ये २८ जना लाइ चस्मा प्रदान गरिएको छ भनें २८ जना लाइ लाई अपरेशन का लागी अस्पताल रेफर गरिएको छ ।
उक्त आखा शिविर ले अपरेसन का लागी रेफर गरेका बिरामीहरु लाइ आगामी माघ ३ गते सोही अस्पताल मा अपरेसन गर्ने कार्यतालिका रहेको र ति बिरामीहरु लाइ चुलाचुलीको २ नम्बर वडा कार्यालयबाट अस्पताल कै गाडीले लैजाने ब्यवस्था का साथै अपरेसन मा लग्ने शुल्क को १० प्रतिशत छुट को समेत ब्यवस्था रहेको शिविर संचालक सस्था नवोदय बहुउद्धेश्य सहकारी सस्थाका सन्चालक समिती अध्यक्ष शरण कुमार पराजुलीले जानकारी गराउनु भयो ।
२०५५ सालमा स्थापना भएको उक्त शिविर सन्चालक सस्था नवोदय बहुउद्धेश्य सहकारी सस्थाको झापा, मोरङ र इलाम का बिभिन्न स्थान मा ११ वटा सेवा केन्द्रहरु रहेका छन भनें १८ हजार शेयर सदस्य हरु मध्ये चुलाचुली गाउपालिका मा ६ सय जना को हाराहारी मा शेयर सदस्य रहेका छन ।