देवेन्द्र पौडेल चुलाचुली /स्वतन्त्र पार्टी रास्वपा इलामले इलाम का सात वटा स्थानिय तहमा खबरदारी पत्र बुझाएको छ । हिजो साउन ४ गते जिल्ला कमिटी इलामको निर्देशन तथा स्थानिय तह कमिटिको सकृयतामा खबरदारी पत्र बुझाएको हो।

पछिल्लो समय इलाम जिल्लाका सबै स्थानिय तहहरु मा सुशासन, पारदर्शिता र निष्पक्षता का सन्दर्भमा स्थानिय बासिहरुबाट व्यापक गुनासोहरु आउने गरेको तथा बेलाबेलामा  घटने घटना र अनियमितताका काण्डहरुले समेत जनगुनासालाइ प्रष्टाइरहेका कारण  स्थानिय तहबाट  प्रवाह हुने सेवा–सुविधा, अनुदान, राहत, कृषि सामग्री वितरण, विकास योजना तथा अन्य सार्वजनिक कार्यक्रमहरूमा पारदर्शिता, निष्पक्षता र समानताको अभाव रहेको भन्ने विषयमा स्थानिय बासिबाट निरन्तर गुनासा, प्रश्न तथा असन्तुष्टि प्राप्त भइरहेको अवस्थामा  सार्वजनिक स्रोत–साधनको वितरणमा पहुँच, पक्षपात वा राजनीतिक प्रभाव रहेको भन्ने जनगुनासाले स्थानीय सरकारप्रतिको जनविश्वास कमजोर बन्दै गएको जस्ले गर्दा संघियताको जग मानिने स्थानिय तह कमजोर हुने भएकाले संगठन त्यसप्रती संवेदनशिल भएको रास्वपा इलाम जिल्ला सभापती दिनेस महतको भनाइ छ ।

त्यसैगरी, स्थानिय तहहरुमा  सडक पूर्वाधारको अवस्था पनि गम्भीर चासोको विषय बनेको छ। स्थानीय सरकार कुनै दल, समूह वा व्यक्तिको स्वार्थ पूरा गर्ने संस्था होइन। यो सम्पूर्ण नागरिकको साझा सरकार हो। जनताले तिरेको करबाट सञ्चालित स्थानीय सरकारले कानुन, विधि र मापदण्डका आधारमा समान रूपमा सेवा प्रवाह गर्नुपर्छ। सार्वजनिक स्रोतको दुरुपयोग, अपारदर्शिता तथा पक्षपात कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन। खबरदारि  पत्रमा उल्लेख गरिएको छ ।

जिल्लाका चुलाचुली, माङसेबुङ,सन्दकपुर, माइजोगमाइ गाउपालिका तथा इलाम र सुर्योदय नगरपालिकामा खबरदारी पत्र बुझाइएको छ भनें रोङ गाउपालिका फाकफोकथुम गाउपालिका तथा देउमाइ नगरपालिका मा स्थानिय तह प्रमुख उपप्रमुख उपलब्ध नभएका कारण हिजो बुझाउन नसकिएता पनी आगामी दिनमा बुझाइने एक जिल्ला नेताले बताउनु भयो ।

Facebook Comments Box