देवेन्द्र पौडेल, चुलाचुली /दुइवटा निर्वाचन क्षेत्र रहेको इलाम मा आगामी फागुन २१ मा हुन गइ रहेको प्रतीनिधि सभा सदस्य पदका लागी १ जना स्वतन्त्र सहित २७ जनाको उम्मेद्वारी परेको छ ।
इलामको क्षेत्र नम्बर १ मा बिभिन्न राजनितिक दलका १३ जना उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन भने इलाम कै क्षेत्र नम्बर २ मा १ स्वतन्त्र सहित् १३ वटा राजनितिक दलका उम्मेद्वार हरु ले उम्मेद्वारी दर्ता गराएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।
आगामी फागुन २१ मा हुने प्रतीनिधी सभा सदस्य निर्वाचनका लागी ठुला दलहरु नेपाली काङ्रेस,नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी नेकपा, राष्टृय स्वतन्त्र पार्टी रास्वपा सहितका दलले दलबल सहित उम्मेद्वारी दर्ता गराएका छन ।

त्यसैगरी राष्टृय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, श्रम सस्कृती पार्टी, उज्यालो नेपाल पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल जनमुक्ती पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओबादी, जनता समाजवादी पार्टी, संघिय लोकतान्तृक राष्टृय मन्च लगायतका दलका उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन ।
इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले युवा उम्मेद्वार निश्कल राइ लाई मैदान मा उतारेको छन भने नेकपा एमालेले पुर्व प्रदेश सांसद काजिमान कागते लागी अघाडी बढाएको छ । कागते २०७४ को पहिलो प्रदेश सभा सदस्य को निर्वाचनमा इलाम क्षेत्र नम्बर १ को क बाट निर्वाचित प्रदेश सांसद हुन भने पछी २०७९ मा सम्पन्न स्थानिय तहको निर्वाचनमा इलामको सुर्योदय नगरपालिका को मेयर पदमा पराजित उम्मेद्वार काजिमान कागते नेकपा एमालेको तर्फबाट आगामी फागुन २१ मा हुने प्रतीनिधी सभा सदस्यको निर्वाचनमा इलाम १ बाट उम्मेद्वार बनेर मैदान मा उतृएका छन भने, नेपाल कम्युनिष्ट पार्टी नेकपा ले सुर्योदय नगरपालिकाका मेयर रण बहादुर राइ लाई उम्मेद्वार बनाएको छ ।
त्यसै गरी इलामको अर्को निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेसले भेसराज आचार्य लाई उम्मेद्वार बनाएर मैदान मा उतारेको छ भने नेकपा एमाले ले पुर्व सांसद सुहाङ नेम्वाङ्ग लाई नै पुन; दोहोर्याएको छ ।

Facebook Comments Box