राष्ट्रिय स्वतन्त्र पार्टीबाट जेनजी उम्मेदवार —
२८ वर्षीय बब्लु सिरहा–१, २८ वर्षीय सुरेन्द्र कार्की तेह्रथुम, २५ वर्षीय प्रशान्त उप्रेती मकवानपुर–१, २६ वर्षीय मनिष खनाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट उम्मेदवार छन् ।२८ वर्षीय सुलभ खरेल रुपन्देही–२, २५ वर्षीय भुवन टमाटा मुगु, २६ वर्षीय टासी ल्हान्जोम हुम्ला, २७ वर्षीय ओमप्रकाश रावल अछाम–१ र २६ वर्षीय केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

उनेपाबाट जेनजी उम्मेदवार —
२५ वर्षीय बसन्त बुढाथोकीलाई मोरङ–६, २७ वर्षीय गोपाल तामाङलाई सुनसरी–२, २६ वर्षीय किशोरी कार्की २६ वर्षीय श्रवण पासवान सिरहा–३, २८ वर्षीय मनोजकुमार गुप्ता महोत्तरी–१, २५ वर्षीय रामाकान्तप्रसाद पटेल रौतहट–२ र २८ वर्षीय राजेश रावल अछाम–२ मा उम्मेदवार रहेका छन् ।

नेमकिपाबाट जेनजी उम्मेदवार —
२५ वर्षीय गंगाकुमारी राजवंशी मोरङ–५, २५ वर्षीय निलमकुमारी यादव सप्तरी–२, २६ वर्षीय राजु तामाङ काभ्रेपलाञ्चोक–२, २७ वर्षीय सुग्रिम चाई रुपन्देही–३, २६ वर्षीय सुरेन्द्र शाही अछाम–१, २५ वर्षीय सुनिता भण्डारी कैलाली–१ र २८ वर्षीय तृषण पुनमगर कैलाली–५ बाट उम्मेदवार छन् ।

राष्ट्रिय परिवर्तनबाट जेनजी उम्मेदवार—
२६ वर्षीय उषालक्ष्‍मी तुम्वाहाङफे तेह्रथुम, २५ वर्षीय शालिकराम राई धनकुटा, २५ वर्षीय मिरेश राई खोटाङ र २६ वर्षीय अरुण राई उदयपुर–२ मा उम्मेदवार रहेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जेनजी उम्मेदवार —
२७ वर्षीय सुशान्त साम्पङ राईलाई झापा–५ मा उम्मेदवार बनाएको छ

राप्रपाबाट जेनजी उम्मेदवारहरू —
सविन निरौला, अजयकुमार दास र रवि हमाल ठकुरी । निरौला मोरङ–६, दास सप्तरी–२ र ठकुरी सुर्खेत–१ बाट उम्मेदवार बनेका हुन् ।

श्रम संस्कृति पार्टीले २६ वर्षीय पंकज ठाकुरलाई सिराहा–४, २८ वर्षीय वसिम शेष पर्सा–१, २८ वर्षीय महेन्द्र पुन मगर डडेलधुराबाट उम्मेदवार छन् ।

जनमत पार्टीबाट जेनजी उम्मेदवारहरू —
२७ वर्षीय वीरेन्द्र महतो, २८ वर्षीय सोनु कुशवाह र २८ वर्षीय रामकल्याण रावत । महतो महोत्तरी–१, कुशवाह रौतहट–२ र रावत रौतहट–४ मा उम्मेदवार छन् ।
#genznepalofficial #NepalElection2082 #bablugupata #kpkhanal

Facebook Comments Box