सरवस्ती पुजा गर्दै,नाटक हेर्दै
सन्तोष गिरी चुलाचुली/ इलामको चुलाचुली २ स्थित अमृत बोर्डिङका विद्यार्थीहरुले सरस्वती पूजामा नाटक ” बानी बेच्ने केटा ” मञ्चन गरेका छन । विद्यार्थीहरुलाई लक्षित गरि बनाईएको नाटकमा चुलाचुली रंगमञ्चले सहकार्य गरेको थियो ।
एउटै कक्षा कोठामा पढ्ने ६ जना फरक क्षमता भएका किशोर केटाहरुमा हुने राम्रो र नराम्रो बानी बीचको सिर्जनशिल द्वन्द्व लाई नाटकले प्रष्ट पारेको थियो ।

प्रविधिलाई सहि रुपमा प्रयोग गर्न सके त्यसले आफ्नो सिर्जनशिल बानीले सफल र सम्मानित हुन सकिन्छ भन्ने कथाको मुख्य भाव रहेको थियो । नाटकलाई लेखन तथा निर्देशन चेतन आङ्थुपोले गरेका थिए भने कला व्यवस्थापनको रुपमा मानाहाङ लावती रहेका थिए ।
करिब ४० मिनेट मञ्चन समय रहेको नाटकमा शिखा लिम्बुु, लक्षयदिप लिम्बु, प्रिन्स तामाङ्ग, ज्योति माझि, सञ्जय कटुवाल, मिङसो ओ, रेवन देवान, असिम लिम्बुको अभिनय देखिएको थियो ।त्यस्तै प्रत्यक्ष संगित तर्फ दीपेश मगर, शमूएल राई प्रप्स डिजाइनमा मन कुमार योङ्हाङ, स्केचमा आयुसा आङथुपो, सगुन पोख्रेल, मञ्च निर्माण केशर ओजि, प्रकाश परिचालन रोशन मुर्मु रहेका थिए ।

नाटकको व्यवस्थापन बिधालयका प्र.अ सन्तोष बाहिङ राईले गरेका थिए । यो संगै बिधालयले विद्यार्थीहरुको व्यक्तिगत क्षमता विकासको लागि विभिन्न विधाका सिर्जनशिल कलाका सीपहरुको थप कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । जस्तै खेलकुद, नाटक, नृत्य, संगीत लगायत ।नाटक संगै बिधालयले अन्य ४ कार्यक्रम गरेको थियो । नाटक संगै स्केच प्रतियोगिताको फाइनल, साङ्गीतिक कार्यक्रम, नृत्य, अक्षरारम्भ सरस्वती पूजा विषेश कार्यक्रम हरु गरेको थियो ।

