देवेन्द्र पौडेल, चुलाचुली/सस्थागत बिद्यालय हरुको संगठन प्याब्सन चुलाचुलीले शिक्षक हरुका लागी एक दिने सृजनात्मक लेखन कार्यशाला को आयोजना गरेको छ ।
चुलाचुली ४ स्थित पाथिभरा सहकारिको सभाहलमा प्याब्सन चुलाचुलीका अध्यक्ष पदम प्रसाद सापकोटाको अध्यक्षता तथा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त नेपाली भाषा शिक्षण पाठ्यक्रम बिमार्श तथा सृजनात्मक लेखन कार्यशाला लाई कवी तथा लेखक देबी नेपाल तथा ऐरावती प्रकाशन का प्रवन्ध निर्देशक आनन्द तिवारीले सहजिकरण गर्नु भएको हो ।

कार्यक्रम मा सुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ्ग ले स्थानिय सरकार ले सस्थागत र सामुदायिक बिध्यालय हरुलाइ सौतेलो व्यवहार नगरेको र नगरिने पनि बताउनु भयो , वहाँले थप्नु भयो स्थानिय तह बाट बिधार्थी हरुलाइ दिइदै आएको सेवा सुबिधाहरु सबै बिध्यार्थिलाइ समान ढंगले दिइने समेत बताउनुभयो । त्यसै गरि कार्यक्रम का बारेमा बोल्दै प्याब्सन चुलाचुली का कोषाध्यक्ष सन्तोष राई ले चुलाचुली मा पहिलो पटक आयोजना गरिएको यस कार्याशालामा खासगरी शिक्षक कक्षाकोठामा गएपछी बिध्यार्थी लाई सहजताका साथ कसरी शिक्षण सिकाइ गर्ने, असल शिक्षक मा हुनुपर्ने व्यवहार हरु लगायत शृजनात्मक शिक्षण सिकाइका बारेमा चलफल र अन्तरकृया गरिएको बताउनु भयो ।

उक्त कार्यशालामा चुलाचुली गाउपालिका का बिभिन्न वडामा रहेका ६ वटा सस्थागत बिद्यालय का ८० भन्दा धेरै शिक्षक तथा सन्चालक हरुको सहभागिता रहेको थियो ।

चुलाचुली गाउपालिकाको शिक्षा क्षेत्र मा सस्थागत बिध्यालय हरुको निक्कै ठूलो योगदान रहेको छ ।भर्खरै प्रकाशित भएको एसइइ को परिक्षाफलमा समेत सहभागी सस्थागत बिध्यालयले शत प्रतिशत नतिजा निकाल्दा चुलाचुली गाउपालिका जिल्ला उत्कृष्ठ भएको छ । यता सस्थागत बिध्यालय हरुलाइ भने स्थानिय सरकार ले हौसला प्रेरणा दिनुको सट्टा नियम मात्रै लादने छात्राहरुलाइ स्यानेटरी प्याड समेत उपलब्ध नगराउने गरेको गुनासो छ । अधिकांस चुलाचुलिका सरकारी कर्मचारी जनप्रतिनिधी हरुले आफ्ना नानिबाबु हरुलाइ सस्थागत बिध्यालयमा पढाइराखेको र कतिपय जनप्रतिनिधी हरुले त सस्थागत बिध्यालयहरु मा लगानी गरेर मुनाफा समेत आर्जन गरिराखेको अवस्थामा सामुदायिक र सस्थागत बुदै बिध्यालय लाई समान अवसर दिएमा मात्रै स्थानिय स्तरमै दक्ष जनसक्ती उत्पादन हुने देखिन्छ ।

Facebook Comments Box