देवेन्द्र पौडेल, चुलाचुली /इलाम को चुलाचुली गाउपालिका मा अभिभावक बिहिन बालबालिका संख्या दिनानुदिन बढदै गइ रहेका कारण बालबालिका को क्षेत्रमा काम गर्ने सरोकारवाला हरुले चिन्ता ब्यक्त गरेका छन  ।

चुलाचुली गाउपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जारी गरेको आर्थिक वर्ष २०८१/८२ को  स्थितिपत्र अनुसार चुलाचुली गाउपालिका भित्र रहेका ६ हजार ९ सय ६४ जना १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु मध्ये ४ हजार ४० जना आमाबाबु दुबैजना सँग  बस्ने गरेका छन । त्यसैगरी   १ हजार २ सय ४ जना बाबू सङ भिन्न भएर एकल आमासँग बस्दै आएका छन । त्यसरि नै आमासँग भिन्न भएर बाबुसँग मात्रै बस्ने २ सय २८ जना रहेका छन । त्यसै गरी बुवा र सौतेनी आमासँग बस्ने बालबालिका हरुको संख्या ८६ रहेको छ त्यसरि नै आमा र सौतेनी बाबुसँग बस्ने बालबालिका को संख्या १४ जना रहेको छ भनें अन्य नातेदार को संरक्षण मा ३ सय ४ जना बालबालिका रहेका छन । त्यसैगरी रोजगारदाता को संरक्षण मा ७ जना रहेको स्थितिपत्रमा उल्लेख गरिएको छ ।

झण्डै २ हजार जना बालबालिका हरु एकल अभिभावक र अन्य संरक्षकको संरक्षणमा रहेको स्थितीपत्रले देखाएको छ । पालिका भित्रका विभिन्न वडा मा रहेका अभिभावक बिहिन ७ जना बालबालिका महिलाबालबालिका तथा जेष्ठ नागरिक शाखाको पहलमा विभिन्न आश्रय स्थल र पुनस्थापना केन्द्रमा राखिएको छ भनें अन्य ७ जना लाई पुनस्थापनाका लागि प्रकृया अघाडी बढिरहेको जानकारि शाखा कि शाखाप्रमुख रिता पोख्रेल ले जानकारी दिनु भयो ।

बालबालिका का क्षेत्रमा विभिन्न समय मा स्थानिय सरकारले प्रदेश तथा केन्द्रको सहयोगमा बिविध कामहरु गरेता पनि आपतकालिन समस्यामा परेका र अभिभावकत्व समस्यामा भनें स्थानिय सरकारले खासै जिम्मेवारी बहन नगरेको र हालसम्म दिर्घकालिन योजना समेत नबनाएका कारण भबिष्यमा यो समस्याले भयावह रुप लिने सम्भावना देखिन्छ । चुलाचुली गाउपालिका वडा नम्बर ५ मा रहेको भानु माध्यमिक बिध्यालय मा मात्रै हाल एकल अभिभावक र अभिभावक बिहिन बालबालिका हरु ३० जना भन्दा धेरै संख्यामा पठनपाठन गरिरहेको शिक्षक माधब प्रसाद खनालले बताउनु भयो वहाँले थप्नु भयो यो अवस्थालाइ न्युनिकरण नगर्ने हो भनें चुलाचुली मा केही वर्षमै यो समस्याले बिकराल रुप लिने वहांको भनाइ छ ।

खासगरी अभिभावक बिहिन बालबालिका हरु विभिन्न प्रकारका कुलत मा फँस्ने बिकृतिजन्य कृयाकलाप मा सकृय रहने सम्भावना भएकाले यसको न्युनिकरण मा ध्यान दिनु अत्यन्तै आवस्यक छ , अभिभावक बिहिन बालबालिका हरुको गाँस बास शिक्षा स्वास्थ्यको जिम्मेवारी सरकारले लिने कानुनी ब्यवस्था रहेता पनि चुलाचुली  भित्र रहेका यस्ता बालबालिका हरुको संरक्षण मा स्थानिय सरकारले ध्यान नदिएको प्रष्ट देखिन्छ र यसका लागि जिम्मेवार निकायले यथासिघ्र योजना बनाउन आवस्यक रहेको सरोकारवाला हरुको बुझाइ छ ।साथसाथै अभिभावक बिहिन बालबालिका हरुको संख्या न्युनिकरणका लागि  स्थानिय सरकारले बालबालिका हरु अभिभावकबिहिन हुने मुख्य कारण हरु बालबिवाह, अनमेल बिवाह,बहुबिवाह र अन्तरजातिय बिवाह लाई निरुत्साहित गर्नुका साथै स्थानिय टोल बिकास सस्थाहरुलाइ यस बिषयमा तालिम परामर्ष उपलब्ध गराउदै  उक्त बिषयमा सजगता जगाउन अत्यन्तै आवश्यक रहेको देखिन्छ ।

Facebook Comments Box