देवेन्द्र पौडेल चुलाचुली/ यतिबेला इलामको चुलाचुली गाउपालिकामा बिहान बिहानै योग साधना गर्न जाने मानिसहरुको लर्को लाग्ने गरेको छ ।

चुलाचुली गाउपालिका स्वास्थ्य शाखाको आयोजना तथा पाताञ्जल योग समितिको प्राविधिक सहयोगमा गत जेष्ठ २७ गते देखी सुरु गरिएको उक्त योग शिविर आगामी असार १५ गते सम्म बिहान ५ बजे देखी ७ बजे सम्म चुलाचुली गाउपालिका कार्यलयको प्राङणमा हरेक दिन सन्चालन हुने गरेको छ । उक्त योग शिविरमा चुलाचुली गाउपालिकाका बिभिन्न वडाहरु बाट बालबालिका,युवा,बृद्धबृद्धा सबै सहभागी हुने गरेका छन । खास गरी ब्रम्हमुहुर्त मा दैनिक २५ देखी ३० मिनेट सम्म योग साधना गरेमा शारिरिक मानशिक तथा भावनात्मक फाइदा हुने योग साधकहरु बताउछन ।

चुलाचुली वडा नम्बर १ कमल बाट योग साधनाका लागी आउनु भएकी जनता माध्यमिक बिद्यालय कि शिक्षक लक्ष्मी सुब्बा लिम्बुले पहिलो पटक योग अभ्यासमा सहभागी हुँदा शारिरिक तथा मानशिक स्वास्थ्यमा सुधार भएको वहाँ को अनुभब छ । त्यसैगरी बिगतमा योग साधनाका कारण मेरुदन्ड को समस्या सामधान भएको र शरिरमा बुढ्यौली पन बढदै गए पछी खानपान आहार बिहार मिलाउन नसक्दा धेरै समस्या बढदै जाने र योग साधनाले त्यस्ता समस्या हरुलाई निराकरण गर्ने गरेको बताउनु हुन्छ बालज्योती मा बि चुलाचुली ४ का प्रधान ध्यापक रुद्र प्रभात गिरी ।

भारत बाट सुरु भएको योग साधनाको इतिहास हजारौ वर्ष पुरानो भएता पनि महर्षी पतञ्जलीले योगसुत्र मार्फत योग साधना लाई ब्याख्या गरेका छन । मन शरिर र आत्मालाई सन्तुलित र स्वस्थ्य बनाउन लाई ब्यायाम,श्वासप्रश्वास,ध्यान,अनुशासन र आध्यात्मिक बिकासको अभ्यास लाई योग साधना भन्ने गरिएको छ भनें नेपालमा पछिल्लो समय प्रविधीको बिकाश सँगै गाउघरका मानिसहरु घरायसि काममा त्यती ब्यस्त नहुने कारण योग साधनामा सहभागी हुने गरेको पाइएको छ ।

पछिल्लो समय खानपानले नेपालीहरु हरुको शरिर बिगारिराखेको त्यसमा झन एलोपेथिक औषधी प्रयोगका कारण रोगहरु दिनानुदिन बढदै गएक कारण योग साधनाले सुगर,प्रेशर,थाइराइड,प्रोष्टेड लगायत का रोगहरु नियन्त्रण गर्ने गरेकाले योगको महत्व अतन्तै धेरै रहेको बताउनु हुन्छ चुलाचुली मा सन्चालित योग शिविरका योगगुरु अम्ब र बहादुर बस्नेत ।

चुलाचुली गाउपालिकामा बेला बेला सन्चालन हुने योग शिविर हरुमा धेरै मानिस हरुको सहभागिता रहने पाइएता पनि कुनैपनि व्यक्तिगत तथा सामुदायिक सरकारी निकायले योग केन्द्र सन्चालन गर्न नसकी रहेको अवस्थामा योग अभ्यासको महत्व र आवश्यकता लाई मध्यनजर गर्दै यस्ता योग साधना केन्द्रहरु सन्चालन गर्नसके स्थानियबासीहरु ले सहज योग अभ्यासहरु गरी निरोगिपनाता का साथमा दिर्घ जिवन जिउने देखिन्छ ।

Facebook Comments Box