देवेन्द्र पौडेल चुलाचुली/ राष्ट्रीय स्वतन्त्र पार्टी इलाम को प्रथम जिल्ला अधिवेशन हिजो जेष्ठ २४ गते इलाम नगरपालिका वडा नम्बर ७ फुलगाछी स्थित खुशी महलमा दिनेश कुमार महत लाई निर्वाचित गर्दै सम्पन्न भएको छ ।

राष्ट्रीय स्वतन्त्र पार्टीका प्रतीनिधी सभा सदस्य प्रेमलाल चौधरी को प्रमुख आतिथ्यता मा सम्पन्न उक्त प्रथम अधिवेशन मा जिल्लाका दश वटै स्थानिय तहका जिल्ला अधिवेशन प्रतीनिधी का साथै नेता कार्यकर्ता को उपस्थिती मा सम्पन्न गरिएको हो । कार्यक्रमको उदघाटन सत्रमा बिभिन्न स्थानिय तहहरुको प्रतीवेदन प्रस्तुत गर्नुका साथै संगठनको जिल्ला तथा स्थानिय तहहरुको बर्तमान अवस्थाका बारेमा बिभिन्न बक्ताहरुले आ आफ्नो भनाइ राख्नु भएको थियो ।

उदघाटन शत्र समापन सँगै बन्दशत्र मा इलाम जिल्लाको २ वटा क्षेत्रका लागी क्षेत्रीय सभापनीहरु मा क्षेत्र नम्बर १ का लागी रोङ गाउपालिका का दिनेश निरौला र क्षेत्र नम्बर २ का लागी चुलाचुली गाउपालिका का खगेन्द्र चापागाँइ लाई सर्वसम्मत छनौट गरिएको थियो भने ९ सदसिय इलाम जिल्ला कार्यसमितीका लागी १८ जना को दावी पश्चात सर्वसम्मत हुन नसक्दा जिल्ला कार्यसमिती छनौट का लागी प्रेम घिमिरे,प्रकाश गौतम र प्रतिमा दहाल सदस्य रहेको निर्वाचन आयोग गठन गरी लोकतान्तृक निर्वाचन प्रणाली मार्फत मतदान गरी जिल्ला कार्य समितीको छनौट गरिएको छ ।

रास्वपा प्रथम जिल्ला अधिवेशन का लागी इलाम जिल्लाका दस वटै स्थानिय तहबाट छनौट भएका जिल्ला अधिवेशन प्रतीनिधी हरु मा उपस्थित ८८ जना जिल्ला अधिवेशन प्रतीनिधी हरु द्वारा गरिएको मतदान मा निर्वाचन आयोगले जारी गरेको अन्तिम मत परिणाम अनुसार सभापती पदका लागी दिनेश कुमार महतले ७० मत प्राप्त गर्दै बिजयि बन्नु भएको छ,भने उनका प्रतिष्पर्धी पुर्व जिल्ला सभापती टिका ओडारी ले २८ मत प्राप्त गर्नु भएको छ, त्यसैगरी उपसभापती पदका लागी निङमा शेर्पा ले ५५ मत प्राप्त गर्दै बिजयि बन्नु भयो भने उनका प्रतिद्वन्दी सन्तोश श्रेष्ठ ले ३० मत प्राप्त गर्नु भएको थियो । त्यस्तै सचिब पदका लागी प्रेम प्रसाद खनाल र तारा प्रसाद आचार्य बिच भएको निर्वाचन मा आचार्य ले ४३ मत प्राप्त गर्दै बिजयि बन्नु भयो भने खनाल ले ४१ मत प्राप्त गर्नु भएको थियो । त्यसरि नै सहसचिब मा धन बहादुर कार्की ले ४० मत प्राप्त गर्दै बिजयि बन्नुभयो भने वहाँका प्रतिष्पर्धी सुबोध पौडेलले ३९ मत प्राप्त गर्नु भएको थियो र सदस्य हरुमा दिपेन देवान ३७ मत,प्रकाश बोहोरा २८ मत,कल्पना न्यौपाने ५८ मत,दामोदर खनाल २५ मत,लाल बहादुर डागी ३० मत,सबिना दास २६ मत,रोशन गुरुङ २१ मत,मुकेश राइ १० मत,लक्ष्मण बिश्वकर्मा ७ मत र कमला अधिकारीले २४ मत प्राप्त गर्दा संगठनको आन्तरिक कार्यविधी अनुसार दिपेन देवान,प्रकाश बोहोरा,कल्पना न्यौपाने,सबिना दास र मुकेश राइ लाई निर्वाचन मण्डल ले बिजायि सदस्य घोषणा गरेको छ ।

रास्वपा को केन्द्रिय अधिवेसन आगामी असार ७,८ र ९ गते चितवन मा हुने केन्द्रिय समिती को निर्णय भए पश्चात हाल वडा,पालिका र जिल्ला अधिवेशन धमाधम भइरहेको छ । इलाम जिल्लाका दश स्थानिय तहहरु मा ४ स्थानिय स्थानिरी तह को नेतृत्व चयन भइ सकेको छ भने बाकी स्थानिय तह मा समेत चाँडै नै सम्ब न्धित स्थानिय तहको अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरिने तयारी मा रास्वपा इलाम लागेको छ ।

Facebook Comments Box