पर्यटन प्रवार्द्धनमा पत्रकारहरुको भूमिका बिषेयक अन्तरकृया कार्यक्रम सम्पन्न
देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिकामा हिजो जेष्ठ ३० गते पर्यटन प्रवर्द्धनमा पत्रकारहरु को भूमिका बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
चुलाचुली गाउपालिकाको आर्थीक सहयोगमा आरोह मिडिय प्रा ली ले आयोजना गरेको उक्त अन्तरकृया कार्यक्रम आरोह मिडिया प्रा ली का उपाध्यक्ष नेत्र बास्कोटा को अध्यक्षतामा सम्पन्न भएको थियो भनें कार्यक्रमको प्रमुख अतिथी चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ, विशिष्ठ अतिथी गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लावती हुनुहुन्थ्यो भनें अन्य अतिथी हरुमा चुलाचुली एक नम्बर का वडाध्यक्ष पुर्ण लावती, दुइ नम्बर का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ, तीन नम्बर वडाका वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ ,पालिका स्तरिय भाषा साहित्य कला सस्कृती तथा पर्यटन प्रवर्द्धन समान्वय समिती का अध्यक्ष बलिभद्र कोइराला लगायत स्थानिय बुद्धिजिवी पर्यटन सँग सम्बन्धित ब्यक्ती हरुको समेत उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम मा केचना कन्चनजंघा पर्यटन प्रवर्द्धन समितीका निवर्तमान कार्यकारी प्रमुख केशब कुमार धौरालीले पर्यटनको महत्व,यसले समाजमा पार्ने प्रभाबका बारेमा साथै स्थानिय स्तरको पर्यटन लाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने बिषयमा बिषेस चर्चा गर्नु भएको थियो भनें लामो समय पर्यटन पत्रकारिता गरिरहनु भएका पत्रकार सुजन तिम्सिनाले पत्रकारिताले पर्यटन प्रवर्द्धनमा खेलेको भूमिका का सन्दर्भमा आफ्नो प्रस्तुती राख्नु भएको थियो । खास गरी चुलाचुली गाउपालिका भित्र रहेका बिभिन्न प्रकारका पर्यटकिय सम्भावना लाई प्रवर्द्धन र प्रचार प्रसार गरेर उक्त क्षेत्रको बिकासमा पत्रकार हरुले खेप्दै आउनु परेका चुनौती र समस्या हरुको उजागर गर्नुका साथै यस्ता पर्यटकिय सम्भावना हरुलाई प्रवर्द्धन गर्न सम्बन्धित पक्षहरुले पत्रकारहरु बाट कस्तो भूमिका र सहयोगको अपेक्षा राखेको छ भन्ने सन्दर्भमा गरिएको उक्त अन्तरकृया कार्यकम सन्चालन चुलाचुली मिडियाका सन्चालक सन्तोष गिरीले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै चुलाचुली गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण लावती ध्रुवले उक्त अन्तरकृया कार्यक्रममा सम्बन्धित पक्षाहरुको उपस्थिती लाई हेर्दा चुलाचुली गाउपालिकामा पर्यटन ब्यावसायको सम्भावना न्युन रहेको हो कि जस्तो भान भएको बताउनु भयो यद्धपी यो चुलाचुलीमा पर्यटन सँग सम्बन्धित पहिलो छलफल र अन्तरकृया भएकाले उपस्थिती न्युन रहेको हुनसक्ने वहाँको भनाइ रहेको थियो । त्यसैगरी कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष दिल कुमारी लावतीले चुलाचुलीको पर्यटन प्रवर्द्धन मा सम्बन्धित पक्षहरु नै उदाशिन रहेको हो कि भन्ने आभास यो कार्यक्रमले देखाएको बताउनु भयो । चुलाचुली गाउपालिकामा पर्यटन प्रवर्द्धन का लागी स्थानिय सरकारको लगानीको तुलनामा प्रतिफल एकदमै न्युन रहेको समेत वहाँले बताउनु भयो ।
चुलाचुली गाउपालिका मा बिभिन्न महत्व बोकेका बिविध पर्यटकिय स्थल हरु छन , ६ नम्बर वडाका बिभिन्न रमणिय र मनमोहक थुम्का र डाडाहरुबाट बिभिन्न प्रकृतिका दृश्यावलोकन गर्न सकिने स्थलहरु देखी लिएर कुइनेटार पर्यटकिय स्थल ब्यापक पर्यटकिय सभावना रहेको स्थान का रुपमा लिइन्छ । चुलाचुली ५ मा रहेको पौराणिक महाभारत युद्धको इतिहास बोकेको अन्धा राजारानी दरवार अनि हिउदको मौसम मा निक्कै आन्तरिक पर्यटकहरु को बनभोजका लागी रोजाइ मा पर्ने चपेटी पर्यटकिय स्थलका साथमा कोशी प्रदेश कै उत्कृष्ट एवम नमुना लिच्ची बगानले समेत चुलाचुलीमा पर्यटक भित्र्याउने गरेको छ । त्यसैगरी चुलाचुली ३ र ४ को सिमानामा रहेको ऐना पोखरी पर्यटकिय स्थललाई पनि चुलाचुली को एक उत्कृष्ट पर्यटकिय गन्तब्यका रुपमा लिने गरिएको छ । त्यसरि नै चुलाचुली ३ मा रहेको शिवओरक मिलन पोखरी जहाँ प्रशस्तै प्राकृतिक र रमणिय पोखरी हरुको अवलोकन गर्न सकिने स्थान जहाँ ७ वटा पोखरीका साथमा स्वर्गिक मार्गको पवित्र सेमिच्योङ र किराती हरुको धार्मिक आस्थाका प्रतिक एवम किराती महगुरु फाल्गुनन्दको शालिक र पबित्र स्थानले समेत सो शिवओरक मिलन पोखरीमा पर्यटकहरु लाई तान्ने गरेको छ भनें त्यहाँ खासगरी आत्माहरुको घर बनाउने योजनाले राष्टृय महत्व पाएको छ । त्यसरि नै सन्चालन को झण्डै दुइ दसक पार गरिसकेको चुलाचुली २ को तीनकुने सिमशार पोखरी पर्यटकिय स्थल पनि चुलाचुलीको राम्रो गन्तब्यका रुपमा लिइने गरिएको छ भनें चुलाचुली १ मा रहेको किराँत हाङसाम साम्योग माङहिम पनि कला सस्कृती र पहिचानको क्षेत्र मा निक्कै महत्वका साथ धार्मिक पर्यटकहरु का लागि मुख्य गन्तब्यका रुप मा लिइने गरिएको छ भनें सोही वडामा रहेको निङ्कोक्मा कुशेडाडा समेत आन्तरिक पर्यटक हरुको रोजाइमा पर्ने गरेको छ, पदयात्राको राम्रो सभावना बोकेको र दिर्घकालिन लक्ष समेत राखेको उक्त कुसेडाडा मा प्राकृतिक मनोरम दृश्यहरु को स्वाद लिदै झापाको शिवसताक्षी धार्मिक क्षेत्र सम्म पदयात्रा गर्न सकिने सम्भावना रहेको छ ।
यस्ता ऐतिहासिक पर्यटकिय स्थल हरुको साथमा चुलाचुली गाउपालिका भित्र उत्पादन हुने बिभिन्न उत्पादन परिकार हरुलाई प्रवर्द्धन र प्रचारप्रसार गरेमा पर्यटकहरुको आगमन बढने प्रशस्त सम्भावना रहेता पनि स्थानिय सरकारको दिर्घकालिन योजनाको अभाबमा स्थानिय बासी हरुले पर्यटन प्रवर्द्धन गरेर समेत आयाअर्जन गर्न सकिन्छ र जिविका चलाउन सकिन्छ भन्ने चेतना अभाबले गर्दा चुलाचुली भित्र रहेका धेरै सास्कृतिक प्राकृतिक पहिचान बोकेका महत्वपुर्ण सम्पदाहरु त्यसै खेर गइ रहेका कारण यसलाई उचित ब्यवस्थापन गरेर सम्बृद्धीको रुपरेखा कोर्न आवश्यक देखिन्छ र यसका लागी खासगरी स्थानियबासीले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
