खोलियो ग्रामिण बिध्युत सहकारीको तालाबन्दि
देवेन्द्र पौडेल चुलाचुली /स्थानिय स्तरमा बिधुतिय सेवा प्रवाहको जिम्मा लिएको सस्थाले जिम्मेवारी पूरा नगरी सेवा भन्दा धेरै माफामुखी बनि कम गुणस्तरिय सेवा प्रदान गरेको भन्दै इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित चुलाचुली ग्रामिण बिध्युत सहकारि सस्थाको कार्यालय मा स्थानिय उपभोक्ता हरुले गत जेष्ठ २२ गते गरेको तालाबन्दी आज बिहान सबै पक्षको सहमती का साथ ताला खोलिएको छ ।
जिम्मेवारि बाट सस्था रत्तिभर उदाशिन नभएको सस्थाको क्षेत्राधिकार भित्र रहेर सम्पुर्ण सेवाप्रवाहका कृयाकलाप हरु निरन्तर गर्दा समेत बिविध लाल्छना लगाउदै सिमित ब्यक्तिहरुको स्वार्थका लागि सस्थामा तालाबन्दी गरेको सस्थाका अध्यक्ष जीवन अधिकारिले बताउदै आउनुभएको थियो र उक्त बिवाद लाई नेपाल बिध्युत प्राधिकरण ले सामधान गर्नुपर्ने माग राखेको सस्था संग आज बिहान स्थानिय बासिन्दा, नेपाल बिध्युत प्राधिकरण का प्रतिनिधि स्थानिय जनप्रतिनिधी हरुको समेत उपस्थितिमा एक सहमती पत्र गर्दै उक्त तालाबन्दी खोलिएको छ ।
सहमती पत्रमा सस्थाले आवस्यक सेवा प्रवाहमा गुणस्तर सुधार गर्ने , सहज बिध्युत आपुर्तिका लागि नेपाल बिध्युत प्राधिकरण ले बिधुतिय पोल तार तथा ट्रान्समिटर हरुको सुधार गर्नुका सास्थै दुबै पक्षलाइ काम गर्नका लागि आवस्यक सहयोग र सहजिकरण स्थानिय उपभोक्ताहरुले गर्ने भनी सहमती भएको छ ।
चुलाचुली गाउपालिका को वडा नम्बर २ मा बिधुत सहकारी मार्फत बिध्युत आपुर्ती गर्ने गरिएको छ भने अन्य वडाहरुमा ग्रामिण बिध्युतिकरण कार्यक्रम मार्फत बिध्युत आपुर्ती गर्ने गरिएको छ । ग्रामिण इलाका भएका कारण सम्बन्धित निकायको कम निगरानी र स्थानिय उपभोक्ता हरुको लापरवाहि लगायत बिबिध कारण ले गर्मी याममा धेरै नै बिधुत कटौती हुने र स्थानिय बासिले उक्त समयमा बिध्युत आपुर्तिको समस्या भनें खेप्नु पर्ने बाध्यता अझै यथावत नै रहेको छ ।
