चुलाचुली रङ्गमन्च को बृत्तचित्र र झोडा बिमोचन
जेबिल, राइ चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा साउन १ गते चुलाचुली रङ्गमन्च को बृत्तचित्र तथा बहु चर्चित नाटक झोडा को नाटक कृती बिमोचन तथा सार्वजानिकिकरण गरिएको छ ।
चुलाचुली गाउपालिका को सभाहलमा सम्पन्न उक्त कृती बिमोचन औपचारिक कार्यक्रमको अध्य्क्षता चेतन आङथुपो ले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथी चुलाचुली गाउपालिका का अध्यक्षा राजेन्द्र केरुङ रहनु भएको थियो त्यसै गरी अन्य अतिथीहरु मा पालिका स्तरिय कला साहित्य भाषा सस्कृती तथा पर्यटन प्रवद्ध न समान्वय समितीका संयोजक बिवस बलिभद्र कोइराला ,चुलाचुली गाउपालिका का बिभिन्न वडाका जनप्रतीनिधी हरुका अलवा झापा मोरङ सुनसारी तथा इलाम लगायतका जिल्ला बाट आउनु भएका साहित्यिक श्रष्टा रङकर्मी हरुको उपस्थिती रहेको थियो ।
नाटक कृती झोडालाई चुलाचुलीका अग्रज साहित्यकार तथा कलकार ज्ञानोदय लावती,चुलाचुली गाउपालिका का प्रमुख राजेन्द्र केरुङ,चुलाचुली ४ का वडाध्य्क्ष सागर जवेगु,रङकर्मी कविता नेपाल र लेखक सुमन लिङदेनले संयुक्त रुपमा बिमोचन गर्नु भएको हो । बिमोचित पुस्तक माथी चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पुर्ण लावती तथा अग्राज पत्रकार भुपेन्द्र तिम्सिनाले बोल्नु भएको थियो ।
कार्यक्रम मा बोल्दै चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङले चुलाचुली लाई कला क्षेत्रबाट बिश्वभर चिनाउन सफल चुलाचुली रङ्गमन्च को यो पुस्तकले चुलाचुलीको रङकर्मको वास्तबिकता बोलेको छ भन्नु भयो साथै आगामी दिनमा स्थानिय सरकार को तर्फबाट रङ्गमन्च लाई गर्नु पर्ने सहयोग र सहकार्यका लागी सधै तयार रहेको समेत बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै चुलाचुली रङमन्च का अध्यक्ष चेतन आङथुपोले ग्रामिण सौन्दर्यता लाई बिश्वब्यापिकरण गर्ने क्रममा स्थानिय सरकार सँगको लामो संघर्ष र मेहनेत पश्चात केहि उपलब्धी भएको छ भन्नु भयो ।
बिगत २ दसक देखी रंगकर्मको माध्यमबाट स्थानिय स्तरका समस्या, बेतिथी र सम्भावनाका कुरा हरुलाई उजागर गर्दै आएको चुलाचुली रङमन्च ले थुप्रै नाटकहरु मन्चन गरिसकेको छ साथै नाटक अब मनोरन्जनको साधन हैन परिवर्तन को संवाहक हो भन्ने उदाहरण प्रष्ट गराइसकेको छ । यद्धपी ग्रामिण क्षेत्रमा भने रङमन्च र रङ्गकर्मी लाई हेर्ने नजर भने अझै पुरानै भएकाले आफ्नो कर्म संगै पुरातन सोच समेत बदल्न रंगकर्मी लाई सबै तह र तप्का का महानु भाबहरुले सहयोग गर्न आवश्यक देखिन्छ ।
