देवेन्द्र पौडेल, चुलाचुली/झापाको दमक नगरपालिका–१ हवल्दार चोकस्थित एक टपरी होटलबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलामको चुलाचुली गाउँपालिका–४ पालिका टोल निवासी ३५ वर्षीय पूर्णकुमार राईलाई लागूऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा आइतबार साँझ करिब ५:२० बजे पक्राउ गरिएको हो।

प्रहरीले खानतलासीका क्रममा राईले लुकाई राखेको अवस्थामा प्लास्टिकबाहेक २२ ग्राम १५० मिलिग्राम (२२.१५ ग्राम) ब्राउन सुगर बरामद गरेको जनाएको छ। बरामद गरिएको लागूऔषधको कुल तौल प्लास्टिकसहित २४ ग्राम ८१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरीले राईको साथबाट एउटा मोबाइल फोन र मे १० प ३९७० नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पछिल्लो समय चुलाचुली गाउपालिका भित्रका धेरै युवायुवती हरु लागु औषधको कुलतमा फसेका तथा यस्ता अबैध कारोबार मा संलग्न भएको आरोप मा भटाभट पक्राउ पर्न थालेपछी स्थानियहरु ले चिन्ता ब्यक्त गर्न थालेका छन । खास गरी झापाको दमक बजारमा यसको मुक्य कारोबार हुने गरेको र चुलाचुली क्षेत्रलाई प्रयोगस्थल तथा ओसारपसार का लागी ट्रान्जिट पोइण्ट बनाउने गरेको पाइएको छ जसका कारण चुलाचुली क्षेत्र मा चोरी डकैती र लुटपाट का घटनाहरु दिनानुदिन बढिरहेका छन ।

यस्ता कृयाकलाप हरु न्युनिकरण का लागी गत वर्ष स्थानिय सरकारले बिषेस अपरेसन को कार्यक्रम राखेको थियो तर त्यसको निरन्तरता नभएका कारण पुन चुलाचुलीमा लागु औषधको कारोबार बढी रहेकाले स्थानिय बासी, स्थानिय सरकार, प्रहरी प्रशासन र सम्बन्धित निकायले अत्यन्त महत्वपुर्ण र गम्भिरता का साथ लिएर यस्ता कार्यको न्युनिकरण का लागी लाग्नु पर्ने अवस्था देखिन्छ अन्यथा चुलाचुली गाउपालिका लागु औषध प्रयोगकर्ता को अखडा र ओसार पसारको मुख्य केन्द्र बन्ने निश्चित छ ।

Facebook Comments Box