देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/प्रदेश स्तरीय मिस्टर एण्ड मिस बिश्वकर्मा पुर्वान्चलको उपाधी क्रमस निर्जला सिन्चिउरी र दिपन रसाइलीले जितेका छ्न , भाद्र २२ गते शुक्रबार बिर्तामोड स्थित साइ पाटी प्यालेसको सभाहलमा आयोजित ग्राण्ड फिनालेबाट सिन्चिउरी र रसाइलीले उपाधी जितेका हुन ।उनिहरुले उपाधी सङ्गै नगद ५०/५० हजार र आकर्षक गिफ्ट ह्यम्पर प्राप्त गरेका छन ।

उनिहरुले सास्कृतिक पहिरनमा ओपनिङ्ग नृत्य प्रस्तुत गरि उपस्थित दर्शक तथा अथितिहरुलाइ स्वागत गरेका थिए । विभिन्न पहिरन लगाई क्याट वक सहित अ आफ्नो ट्यालेन्ट प्रस्तुत गरि दर्शक, अथिती गण तथा निर्णायक मण्डललाई मनोरञ्जन सहित सबैको ध्यान केन्दृत बनाएका थिए ।

भोटिङ्ग तथा निर्णायकहरुको छ्नौट बाट बिजेता बनेका प्रतिस्पर्धिहरुले निर्णायकले सोधेको प्रस्नको उत्कृस्ट जवाफ दिएर बिजेता बनेका हुन । ग्रण्ड फिनलेका जर्जहरुमा मिसेज पुर्वाअन्चल 2018को सेकेन्ड रनर अप, निरा शंकर , मिस युनिभर्स फाइनलिस्ट दीक्षा खाती फेसन डिजाइनर ज्वलाराज पोखरेल, फेसन डिजाइनर तथा चित्वन फेसन अफ स्कुलका प्रबन्ध निर्देशक रोहित चौधरी , म्युजीक भिडियो डाइरेक्टर रोहित सुमन, तथा टेलिभिजन प्रस्तोता रश्मि थापा रहेका थिए ।
सोही अवसरमा मेरो भोइस युनिभर्स का फाइनलिस्ट साइराज खातीको बेजोड प्रस्तुती समेत रहेको कार्यक्रम सुक्रबार साझ करिब ६:३०बजे बाट सुरु भइ करिब ११:३० बजे सप्पन्न भएको थियो ।ग्राण्ड फिनालेको उद्द्घाटन प्रतिनिधि सभा सदस्य माननीय हर्कमाया बिस्वकर्माले गर्नु भयो ।उहाल्ले उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै यश कार्यक्रमले बिस्वकर्मा समुदायको युवा युवतिहरुको क्षमता अभिबृद्दी गर्न टेवा पुगेको बताउनु भयो । उहाँले  भन्नू भयो यस्ता कार्यक्रम राष्ट्रिय स्तरबाट गर्नु पर्ने र यस्का लागि सबै बिस्वकर्मा समुदायको सहयोग हुनुपर्ने बताउनु भयो ।

बि ब्रोस इन्टरटेन्मेण्ट्को आयोजनामा बिस्वकर्मा समुदायका युवहरुको प्रतिभालाइ प्रस्फुटन गराउनको लागि सन्चालित उक्त कार्यक्रम मा १५ महिला तथा ८ पुरुष गरी जम्मा २३ जना को सहभागिता रहेको थियो । यश प्लेट्फर्म ले लुकेर रहेका प्रतिभा हरु लाइ प्रष्फुटन गरनमा सहयोग हुने आयोजकका चियर मेन सन्जय बिस्वकर्माले जानकारी दिए । उनका अनुसर यस्तो प्रतिभा ७वटै प्रदेशमा गरिने बताए । समाचार श्रोत प्रदेश आवाज अनलाइन

Facebook Comments Box