चुलाचुली को मिटरब्याजी बिवाद, वडाले बोलाएको छलफलमा पिडित पक्ष अनुपस्थित

देवेन्द्र पौडेल ,इलाम टाइम्स चुलाचुली/”मिटरब्याजको चँगुलमा परेपछी मर्नु न बाँच्नु बनायो, जती तिरे पनि कहिले नसकिने ॠण” सिर्षकको समाचार झापा दमक को हिमशिखर टेलिभिजन ले प्रसारण गरेपछी चुलाचुली गाउपालिका वडा नम्बर ३ को वडा कार्यलय ले आज भाद्र २५ गते छलफल तथा समस्या साम धानको लागी दुबै पक्ष लाई छलफल मा बोलाएता पनि पिडित पक्ष भनें उपस्थित भएनन ।
पिडित भनिएकी चुलाचुली ३ निवासी मुना माझीले आफ्नै छिमेकी अरुणा राइ सँग २० हजार रुपैया दिनको ५ सयका दरले लिएको र फेरी त्यसैको सावा ब्याज तिर्न लाई ५० हजार दैनिक १ हजारका दरले ल्याएको बताउनु भयो ,जती जती आफुलाई समस्या पर्छ साहुले पनि ब्याजदर बडाउने गरेको छ । वहाँका अनुसार ७ देखी ८ लाख सम्म ब्याज मात्रै तिर्दा पनि सावा को अर्को छुट्टै ८ लाख को कागज जवर्जस्ती वडामा गएर गराएका छन भन्नुभयो ।
त्यस्तै गरी चुलाचुली ३ देउराली चोक निवासी बिमला माझी को पनि समस्या उस्तै छ । चलाएको रकम को ब्याज तिर्दा तिर्दै घर मा नुन तेल खाने समेत पैसा सकिएको बताउँछिन । यस्तै तनाब र दबाब हुने हो भने कि हामिले आत्महत्या गर्नु पर्छ या त बसाइसराइ नै जान पर्ने अवस्था आएको बताउन हुन्छ ।
यस बिशय मा पिडक भनिएकी अरुणा राइ को भनाइ भनें भिन्न छ ,मुना माझी र बिमला माझी उनकै साथी तथा नातेदार रहेको बताउनु भयो । सुरुका दिन मा आवश्यक पर्दा आफु ले पनि वहाँ हरु सँग पैसा लिने र आफुले पनि दिने गरेको बताउनु हुन्छ । पछिल्लो समय मुना माझी ले जग्गा किनेको र त्यसलाई पास गर्न रकम चुक्ता गर्नु पर्ने भएका ले र केहि घर खर्च गर्न भनि वहाँ सँग ८ लाख रुपैया खोजिदिन भनेको र मैले पनि आफु सँगा भएको साथै अन्य तिर बाट घुमाइ फिराइ गराएर ४ लाख एक पटक र पुन अर्को पटक ४ लाख गरी जम्मा ८ लाख रुपैया उनले चलाएको हो र सो रकम को अहिले सम्म कुनै ब्याज समेत नदिएको बताउनु भयो ।
यसरि मिलेमतो मा कारोबार सुरु गर्नु र अन्त्य मा आएर बिवादित हुनु दुबै पक्ष को लागी घातक हुने देखिन्छ ।स्थानिय बुद्धिजिवी तथा भद्र भलादमी हरु सहित दुबै पक्ष बसेर आपसी समझादारी का आधारमा समस्या लाई दिर्घकालिन निकाश खोज्नु पर्ने देकिन्छ ।