सशक्त बन्दै संघर्ष समिति, बन्यो तीन वटा पालिकाको साझा संघर्ष समिती

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/नेपाल सरकार को मन्त्री परिषद ले निर्णय गरे अनुरुप र क्याबिनेट ले पास गरे अनुसारको आयोजना कार्यन्वयन नगरेको भन्दै मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय बिरुद्ध इलामको चुलाचुली गाउपालिका , माइ नगरपालिका र झापा को शिवसताक्षी नगरपालिकाका स्थानिय हरुले संघर्ष समिती निर्माण गरेका छन ।
नेपालको पुर्व पश्चिम जोडने चौथो राजमार्गको रुपमा निर्माण कार्य सुचारु रहेको मदन भण्डारी चुरे लोकमार्गको धरान- शान्तीनगर खण्डमा पर्ने झापाको दमक नगरपालिका मा अवस्थित उत्तमचोक देखी इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ देखी १ नम्बर हुँदै झापाको शिवसताक्षी नगरपालिकाको सतासीधाम हुँदै इलामको माइ नगरपालिका स्थित चण्डाल घाट भएर निर्माण सम्पन्न गरिने भनि नेपाल सरकार को मन्त्री परिषदको निर्णय र सोही अनुसारको मदन भण्डारी राजमार्ग आयोजना ले रेखांकन गरिएको अवस्था रहेतापनि पछिल्लो समय बिभिन्न अफवाह हरु फैलाउने र स्वयम आयोजनाले समेत भ्रमित सुचना हरु संप्रेषण गरेका कारण आम सरोकारवाला हरु लाई भ्रमित बनाइरहेको अवस्था मा सत्य तथ्य कुरा पत्ता लगाउन र सो आयोजना लाई पुर्व निर्धारित ठाँउ बाट निर्माण गर्न पहल कदमी गर्न का लागी चुलाचुली मा गठित मदन भण्डारी राजमार्ग संघर्ष समितीले माइ नगरपालिका र सिवसताक्षी नगरपालिकाको समेत साथ पाएको हो ।
आज भाद्र २८ गते झापाको दोमुखा मा बसेको त्रीपक्षिय भेलाले सुवास आङथुपोको संयोजकत्व मा ५३ सदसिय साझा संघर्ष समिती निर्माण गरिएको छ, जसमा सहसंयोजक जय कुमार केरुङ, र धनप्रसाद लावती रहनु भएको छ भने, चुलाचुली गाउ पालिका बाट २२ जना, माइ नगर पालिका बाट १० र सिवसताक्षी नगरपालिका बाट १८ जणा गरी जम्मा ५३ सदसिय बृहत संघर्ष समिती गठन भएको छ । त्यसै गरी ९ सदसिय अनुगमन समिति, ४ सदसिय सल्लाहकार समिती र ३ सदसिय संरक्षक समिती जसमा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ,माइ नगरपालिकाका प्रमुख खम्वा सिंह लिम्बु र शिवसताक्षी नगर पालिका प्रमुख मेगाहाङ थोप्रा रहनु भएको छ ।
गत भाद्र ५ गते सुवास आङथुपोको संयोजकत्व मा गठित मदन भण्डारी राजमार्ग संघर्ष समितीले स्थानिय चुलाचुली गाउपालिकालाई र झापाको दमक स्थित आयोजना को शाखा कार्यलय लाई यस बिषयबस्तु माथी ध्यानाकर्षण गराइ सकेको छ भनें सोही बिषय बस्तु माथी केन्दृत रहेर केहि दिन अघाडी संघर्ष समिती का ४ सदस्यहरु मार्फत उक्त आयोजना को मुख्य कार्यलय , सडक बिभाग तथा भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रालय को समेत ध्यानाकर्षण गराएको छ ।
धरान- शान्ती नगर खण्ड अन्तरगत पर्ने चुलाचुली गाउपालिकामा रहेका ५ वटा खोला हरुमा पक्की पुल निर्मण सम्पन्न भइसकेका छन र सडक निर्माणकार्य समेत चालु अवस्थामा रहेता पनि उक्त क्षेत्रमा पर्ने कमल खोलामा अहिले सम्म पुल को सुरु नगरिनु र कमल खोला देखी सतासीधाम हुँदै लालखोला सम्मको भाग मा प्रारम्भिक बातावरणिय प्रभाब मुल्याङकन प्रतिवेदन समेत तयार नपार्नु साथै आयोजनाले आफ्नै लेटर प्याडमा गत भाद्र १३ गते मदन भण्डारी राजमार्ग इलामको मार्चेबुङ महामाइ खण्ड २२ किलोमिटर को आइ. इ. इ. प्रतिवेदन को सार्वजानिक सुनुवाइ को सुचना प्रकासन गरे पछी आयोजना को बेइमानी प्रती संगठित रुपमा चरण बद्ध आन्दोलन मा उत्रनु पर्ने बाध्यता आइपरेको स्थानिय हरु को भनाइ छ ।