श्री सरस्वती आधारभूत विद्यालयमा ,सन्दकपुर मा बालदिवस अवसरमा विविध कार्यक्रम सम्पन्न

भाद्र २९, ईलाम , इलामको सन्दकपुर २ माइमझुवाको टोड्केमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयमले ५८ औ बालदिवस आन्तरिक कार्यक्रम सम्पन्न गरेको छ।
बिद्यालयले विभिन्न खेलहरुको आयोजना गरेको कार्यक्रममा उक्त बिद्यालयमा कक्षा नर्सरी देखि कक्षा ५ सम्म रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न खेलकुदहरुमा भाग लिएर पुरस्कार जित हासिल गरेका थिए।
आयोजित खेलहरुमा विद्यार्थीहरुका लागि हाजिर जवाफ ,चम्चा वा गुच्चा दौड ,तातो आलु , १०० मिटर दौड र महिला अभिभावकहरुका लागि म्युजिकल चियर्स र पुरुष अभिभावकहरुका लागि हाडी फोर्ने खेलहरु खेलाइएको थियो।
हाजिरीजवाफ प्रतियोगितामा रेड यल्लो ग्रीन र वाइट हाउस ४ वटा समूहमा बिभाजन गरि सम्पन्न भएको प्रतियोगितामा ग्रीन हाउसले १४ अङ्क प्राप्त गर्दै प्रथम स्थान ,रेड हाउसले १२ अङ्क प्राप्त गर्दै दोस्रो स्थान यल्लो हाउसले ४ अङ्क हासिल गर्दै तेस्रो स्थान र वाइट हाउसले २ अङ्क हासिल गरेर चौथो स्थान ओगट्न सफल भएका छन्।
हाडी फुटाउने प्रतियोगितामा नुवाङ राई प्रथम हुनुहुदै रु १०० को नमस्ते सिमको रिचार्ज कार्ड पुरस्कार पाए।
म्युजिकल चियरमा पुर्ब बिद्यार्थी रेयुसा राई प्रथम स्थान जित्दै रु १०० को नमस्ते सिमको रिचार्ज कार्ड र पुर्ब शि अ संघ सदस्य सरु राईले दोस्रो स्थान ओगट्नु हुँदै रु ५० कै नमस्ते सिमको रिचार्ज कार्ड पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ।
नृत्य प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत बिद्यार्थीहरु क्याट्रीना राई प्रथम दितिय रक्षा राइ तेस्रो सोफिया राई भएकी छिन् ।
चम्चा तथा गुच्चा दौड प्रतियोगितामा प्रथम सोफिया राई द्वितीय रेस्मा राई र तृतीय नयन राई स्थान जित हासिल गरेका छन्।
नर्सरीका विद्यार्थीहरु तातो आलु खेलमा आयुसा राई प्रथम, खान्नुमा राई द्वितीय र सायाहाङ राई तेस्रो हुन सफल भएका छन् ।
१०० मिटर दौड प्रतियोगितामा छात्रा बिद्यार्थीका तर्फबाट नुसुङ राई प्रथम र छात्र विद्यार्थीका तर्फबाट क्याट्रीना राई प्रथम भएकी छिन् ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टंकमान राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रतियोगितामा बिजेता तथा उपबिजेता विद्यार्थी तथा प्रतियोगि अभिभावक ज्युहरुलाइ आमन्त्रित अतिथिज्युहरुको हस्तबाहुलीबाट पुरस्कार प्रदान गराइएको थियो।



ilamtimes