प्रथम योङ्ग ब्वाइज नकआउट फुटबल प्रतियोगिता सम्पन्न
देवेन्द्र पौडेल / इलाम टाइम्स चुलाचुली ,चुलाचुली गाउपालिका वडा नम्बर ५ मा जारी प्रथम योङ्ग ब्वाइज खुल्ला नक आउट फुटवब प्रतियोगिता हिजो असोज २ गते सम्पन्न भएको छ ।
गत भाद्र २५ गते देखि चुलाचुली ५ मा अवस्थित श्री भानु माध्यमिक बिध्यालय को खेलमैदान मा सन्चालन भएको उक्त फुटबल प्रतियोगितामा इलाम , झापा र मोरङ्ग का विभिन्न १६ वटा टिमको सहभागिता रहेको थियो । आज सम्पन्न फाइनल खेलमा पेल्टिमारी फुटबल क्लब चुलाचुली ३ ले कलेक्सन फुटबल क्लब चुलाचुली ५ लाई १ का बिरुद्ध २ गोल गर्दै प्रतियोगिता को उपाधी जित्न सफल भएको हो । प्रतियोगिता को बिजेता पेलटिमारी फुटबल क्लब ले रोयल स्पोर्टिङ क्लब, स्टार इलाम र त्रिवेणि युवा क्लब लाई पराजित गर्दै फाइनल मा पुग्न सफल भएको हो भनें उपबिजेता कलेक्सन फुटबल क्लब ले नव जागृती क्लब,सुसेली फुटबल क्लब र सेड्स क्लब लाई पराजित गर्दै फाइनल मा पुगेको थियो ।

प्रतियोगिताको अन्तिम दिन हिजो असोज २ गते औपचारिक समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्गले प्रतियोगिता को बिजेता टिमलाइ बधाइ तथा उपबिजेता टिमलाइ आगामी दिनमा सफलता को सुभकामना दिनुभयो । एम्पायर सन्दिप राइले अनावस्यक रुपमा खेलाडिलाइ कार्ड दिएको भन्दै केही समय बिवाद भई खेल रोकिएता पनि आयोजकले उक्त बिवादलाई सुल्झाएर खेललाइ निरन्तरता दिइएको थियो ।
प्रथम पुरस्कार नगद रु २५ हजार , ट्रफी , मेडल र प्रमाण पत्र, दोश्रो पुरस्कार नगद रु १५ हजार ट्रफी,मेडल र परअमाण पत्र रहेको रहेको उक्त प्रतियोगितामा पाँच वटा बिधागत पुरस्कार हरु रहेका थिए । उक्त बिधागत पुरस्कार हरुमा कलेक्सन फुटबल टिम का असोक राइले हाइ स्कोरर को उपाधी प्राप्त गरे त्यस्तै बेष्ट डिफेन्सको उपाधी पेल्टिमारीका उपेश राइले पाए । त्यसरी नै बेष्ट किप्पर मा पेल्टिमारिका सबिन राई भए भनें म्यान अफ द ट्युनामेण्ट को उपाधि कलेक्सनका ओसन राइ लाई दिइएको थियो र फाइनल खेलको म्यान अफ द म्याच पेल्टिमारी टिमका सुवास आङ्गथुपो ले प्राप्त गरे ।
विभिन्न संघ सस्था तथा ब्यक्ती हरुको आर्थिक सहायता मा सन्चालित उक्त प्रथम योङ ब्वाइज खुल्ला नक आउट फुटबल प्रतियोगिताको आय ब्यय को बिवरण कहिले र कहाँ सार्वजानिक गरिने भन्ने मिति भने तय गरिएको छैन ।
