गलत सुचना प्रवाह गर्दै गाउँपालिका को डिजिटल डिस्प्ले बोर्ड

देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली / इलाम को चुलाचुली गाउपालिका ले गाउँ कार्यपालिकाको प्रशासकिय भवन मा राखेको डिजिटल डिस्प्ले बोर्डमा गलत सुचना प्रवाह गरिरहेको खुल्नमा आएको छ ।हिजो असोज ३ गते देशै भर विभिन्न कार्यक्रम गर्दै नवौ संविधान दिवस मनाइयो सोही क्रममा चुलाचुली गाउपालिका ले पनि दिउँसो त्यस्तो विशेष कार्यक्रम नराखेता पनि बेलुका दिप प्रज्वलन को कार्यक्रम राखेको हो ।उसो त दिप प्रज्वलन को कार्यक्रम नेपाली काँग्रेस निकट नेपाल बिध्यार्थी संघले चुलाचुली ६ नम्बर वडाको संगम चोक मा र नेकपा माओबादी केन्द्र चुलाचुली गाउँ कमिटिले चुलाचुली ४ मा रहेको आफ्नो पार्टी कार्यलयमा समेत राखेको थियो ।
नेपालको संविधान २०७२ ले हरेक नागरिक को सुचनाको हक लाई सुनिश्चित गरेको छ र नागरिकको सबै भन्दा नजिकको सरकार भनेको स्थानिय सरकार हो जसले हरेक नागरिक को चाहना अनुरुप को सुचना प्रवाह गर्नु उसको दायित्व पनि हो र कतिपय बिषयबस्तु स्थानिय सरकारले स्वत: प्रकासन गर्नुपर्ने प्रावधान समेत उक्त संविधान मा छ ।

चुलाचुली गाउपालिका को प्राङ्गणमा गरिएको दिप प्रज्वलन को कार्यक्रम संगै गाउपालिकाले राखेको डिजिटल सुचना बोर्ड समेत देख्न सकिन्छ । उक्त बोर्डले देखाउने समय र वास्तविक समय मा १ घण्टा ३४ मिनेट को अन्तर पाइएको छ । हिजो साँझ ७ बजेर १५ मिनेट मा दिप प्रज्वलन गरिरहदा उक्त बोर्डमा भनें ५ बजेर ३१ मिनेट को समय देखाइ रहेको थियो , नेपाली समय अनुसार असोज ३ गते सुर्यास्त ६ बजेर ३ मिनेट मा थियो तर उक्त सुचना बोर्डका अनुसार ५ बजेर ३१ मिनेट अगावै सुर्यास्त भयो जसले गर्दा गाउँपालिका परिषर मा बत्ती बालिसकिएको छ । यसरी वास्तविक समय भन्दा गाउपालिका को मुख्य भवन मा देखिने समय ढिला हुनुमा गाउपालिका प्रशासन को चरम लापरवाही देखिन्छ । उक्त समयको बिषयमा गाउपालिका का जनप्रतिनिधी हरु लाई जानकारी भएको र केही जनप्रतिनिधी बिच त यश बिषयमा बहस नै भएको बताउनु हुन्छ एक जनप्रतिनिधी ।
यसरी कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधि हरुलाइ जानकारी हुदाहुदै पनि भएको गल्ती कमजोरिलाइ नसच्याउनाले सिङ्गो गाउपालिकाको प्रतिष्ठा मा आँच आउने देखिन्छ र यसलाइ चाँडो भन्दा चाँडो सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।