शिक्षक आन्दोलन ले चुलाचुली का तेत्तिस सय बढी विद्यार्थीको पठन पाठन ठप्प

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/नेपाल सरकार ले लागु गर्न लागेको बिद्यालय शिक्षा बिधेयक माथी आपत्ती जनाउदै नेपाल शिक्षक महासंघ को नेतृत्वमा भइरहेको सामुहिक बिद्यालय बन्द को प्रभाब चुलाचुलीमा पनि पुर्ण रुपा मा परेको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । कतिपय माग पेशागत हकहितका छन्, जसलाई सम्बोधन गर्न सरकार पनि सकारात्मक छ ।मुख्य विवाद चाहिं स्थानीय सरकारलाई दिइएको अधिकारसँग जोडिएको छ ।संसदमा दर्ता भएको विधेयकमा शिक्षकहरुको सरुवा, बढुवा, कार्यसम्पादन मूल्यांकन कारबाहीको अधिकार स्थानीय तहमा हुने उल्लेख गरिएको छ । शिक्षा विधेयकको दफा ४८ मा भनिएको छ, ‘आयोगबाट शिक्षक सेवाको पदमा सिफारिस भई आएका व्यक्तिलाई गाउँ वा नगर कार्यपालिकाले नियुक्त गर्नुपर्नेछ ।’स्थानीय तहले मातहतका सार्वजनिक विद्यालयका शिक्षकहरुको सरुवा गर्न सक्नेछ । साथै एक स्थानीय तहबाट अर्कोमा सरुवा गर्न चाहेमा सहमति लिनुपर्छ । विधेयकले शिक्षकहरुलाई कारबाही गर्ने अधिकार समेत स्थानीय तहलाई नै दिएको छ ।

यता चुलाचुली गाउपालिका का शिक्षक हरु भनें आफ्ना मागहरु भन्दा पनि नेपाल शिक्षक महासंघको सर्कुलर लाई मुख्य मानेर हिडिंरहेको पाइएको छ । केन्द्रको सर्कुलर अनुसार काठमाण्डौ जान नसक्ने शिक्षकहरु ले स्थानिय तहको कार्यलयमा धर्ना दिनु पर्नेछ जस अन्तरगत आज दिउसो १० बजेदेखी १२ बजे सम्म चुलाचुली गाउपालिकाको कार्यलय मा चुलाचुली भरिका शिक्षक हरु ले धर्ना दिइएका छन । हामिलाई प्राप्त जानकारी अनुसार चुलाचुली गाउपालिका भित्र रहेका २१ सामुदायिक बिद्यालयका २४५ शिक्षक कर्मचारीहरु मध्य १९ जना राजधानी केन्दृत आन्दोलन मा गएका छन र बाँकी ले यतै स्थानिय तहमा धर्ना दिनु पर्ने छ आफ्ना माग हरु सम्बोधन नभए सम्म लाई । यता स्थानिय अभिभावक हरु भनें आफ्ना बालबालिकाहरु को पठन पाठनमा आएको अवरोध प्रती चिन्तित छन शिक्षक हरुको आफ्नो स्वार्थका खातिर बालबालिका को पढन पाउनु पर्ने अधिकार शिक्षक र राज्य दुबै पक्ष मिलेर खोसेको गुनासो छ भनें सुध्रदै गएको सामुदायिक बिद्यालय तर्फ को झुकाब समेत यो आन्दोलनले खल्बल्याउने स्थानियको भनाइ छ । यस बिषय मा चुलाचुली गाउ पालिकाका अध्यक्षा राजेन्द्र केरुङ्ग ले भन्नु भयो शिक्षकहरु को माग लाई सरकार ले अभिलम्ब सम्बोधन गर्नु पर्छ र आन्दोलनरत पक्ष ले पनि आफ्नो अधिकार माग्दा अरुको अधिकार माथी दख्खल पुर्याउनु हुन भन्ने हेक्का राखी लचकता अपनाउदै आन्दोलन लाई सफल पार्ने दिशा तर्फ लाग्नु पर्ने बताउनु भयो ।

चुलाचुली गाउपालिका मा रहेका सामुदायिक बिद्यालयहरु बन्द रहेको अवस्थाअ मा सस्थागत बिद्यालय हरु मा भनें धमाधम पठन पाठन चलिरहेको छ । उक्त गाउ पालिका मा सस्थागत बिद्यालयहरु मा १ हजार ४ सय २५ जना विद्यार्थी हरु अध्ययन गर्छन भनें सामुदायिक बिद्यालयमा १ हजार ६ सय ६६ जना छात्रा र १ हजार ७ सय १० जना छात्र गरी कुल ३ हजार ३ सय ७६ विद्यार्थी अध्यायन गर्ने गरेका छन भने अहिले आन्दोलन मा चुलाचुली गाउ पालिका बाट स्थाइ शिक्षक १ सय ५ जना , राहत शिक्षक ३९ जना ,करार शिक्षक १४ जन, पालिका अनुदान शिक्षक १५ जन, वडा अनुदान शिक्षक ७ जना , प्रदेश अनुदान शिक्षक १ जना, बाल बिकास शिक्षक २७ जना र ससर्त अनुदान शिक्षक ५ जना गरी कुल २१३ जना शिक्षक आन्दोलन मा रहेका छन ।

आफ्नो पेशा गत हक हित संरक्षण का लागी शान्तिपुर्ण आन्दोलन जारी राख्दै स्थानिय स्त र मा रहेको स्थानिय तहा संग सहकार्य गरेर नेपाल शिक्षक महासंघ को काठमाण्डौ मा जारी आन्दोलन मा सहभागी बाहेक का शिक्षक हरु ले पठन पाठन लाई जारी राख्दै भविश्य का कर्णधार मानिने बालबालिका हरु को भबिश्य निर्माण मा शिक्षक बर्गको मुख्य भूमिका रहने भएकाले यसप्रती गम्भिर भएर सोच्ने समय आएको छ ।