देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली /गत भाद्र २२ गते बिर्तामोड मा आयोजित मिष्टर तथा मिसेस बिश्वकर्मा पुर्वान्चल का बिजेता दिपन रसाइली लाई चुलाचुली मा सम्मान गरिएको छ ।
चुलाचुली ३ स्थित दलित भवन मा छुवाछुत बिरुद्ध दवाब समूह चुलाचुली ले उक्त सम्मान कार्यक्रम को आयोजना गरेको हो । कार्यक्रम को औपचारिक कार्यक्रम मा प्रमुख अतिथी बिश्वकर्मा समाज चुलाचुली का अध्यक्ष तुलाराम गजमेर हुनुहुन्थ्यो भनें सभाध्यक्ष समुहका अध्यक्ष चक्र गजमेर रहनु भएको थियो । अन्य अतिथी हरु मा बिष्णुमाया गजमेर, खडग सिँ बिश्वकर्मा, अर्जुन सुन्दास,बबिता दर्जी, धन बहादुर बिक लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम मा बोल्दै मदन बिश्वकर्मा ले यस्ता प्रतिवावान ब्तक्तित्व हरुलाइ समुदायले सहयोग र हौसला दिन नसकिरहेको अवस्था मा पनि उनले यति ठूलो बिजयी हासिल गर्नु भएको मा बिजेतादिपन रसाइली बधाइ दिनु भयो । दलित समुदाय ओ उत्थान र बिकासका लागि दलित समुदाय आफू पनि सकृय रहनु पर्ने बताउनु भयो छत्र हिङमाङ ले ।
कार्यक्रम मा आयोजक छुवाछुत बिरुद्ध दवाब समुहले मिष्टर बिश्वकर्मा पुर्वान्चलका बिजेता दिपन रसाइली तथा उपबिजेता शक्ति गजमेर लाई खादा माला र प्रमाण पत्रले सम्मान गरेको हो । बिजेता का बुवा आमालाइ समेत खादा मालाले सम्मान गरेको हो ।
न्यायिक समिती चुलाचुली कि सदस्य बिष्णु गजमेर ले दलित समुदाय का प्रतिभावान र क्षमतावान ब्यक्ती हरुलाइ आफ्नो क्षमता प्रस्फुटन गर्ने प्लेट्फम हरु विभिन्न संघ सस्था हरुले बिस्तारै दिन थालेको र अहिले चुलाचुली ले एक गर्व गर्न लाग्ने प्रतिभा पाएको बताउनु भयो ।उक्त सम्मान कार्यक्रम को जनक महरा ले सन्चालन गत्नु भएको थियो भनें कार्यक्रम मा ५० भन्दा भढी महानुभाब हरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box