रास्वपाले इलाम २ मा आर्किटेक्ट इन्जिनियर थापालाई अघि सार्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको लागि महेन्द्र थापालाई अघि सार्ने भएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि उक्त क्षेत्रमा उपनिर्वाचनको लागि एमालेबाट झलनाथ खनाल र काङ्ग्रेसबाट डम्बर खड्काको नाम चर्चामा आइरहेको बेला रास्वपाबाट आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाको नाम अघि सारेका हुन् ।
नेकपा एमालेले स्व. सुवास नेम्वाङका छोरा सुवाङ्ग नेम्वाङलाई बाबु स्थानमा उम्मेदवारी दिने सक्ने हल्ला चलिरहेको बेला नेकपा समाजवादीले कोशी प्रदेश सरकार गठनमा एमालेलाई सहयोग गर्ने र पार्टी एकताको विषयलाई सहज बनाउन पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई उम्मेदवार बनाउने सम्भावना बलियो रहेको एमाले स्रोतले बताएको छ ।
गत निर्वाचनमा स्व. नेम्वाङसँग झिनो मतले पराजित खड्का पनि सशक्त उम्मेदवारको रुपमा देखिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले रास्वपालाई नजिकबाट हेरिरहेको बेला बौद्धिक व्यक्तित्व समाजसेवी, आर्किटेक्ट इन्जिनियर थापाको नाम चर्चामा आएको छ । पछिल्लो समय रास्वपाको पढ्दो लोकप्रियताको कारण इलाम २ मा त्रिपक्ष भिडन्त हुने देखिन्छ । sourec – times of pradesh