कार्तिक २५, इलाम टाइम्स/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित प्रकाश फाउण्डेसन ले आज कार्तिक २५ गते चुलाचुली गाउपालिका भरी रहेका अति बिपन्न ५० परिवार लाई खाद्यान्न बितरण गरेको छ ।
चुलाचुली ४ का अमृत राइ अध्यक्ष रहेको प्रकाश फाउण्डेसन ले आज एक परिवार लाई २० के जि चामल को साथ मा एक पोका खाने तेल का साथै ढुवानी खर्च रु १ सय समेत उपलब्ध गराएको हो ।
बिभिन्न दाता हरु मार्फत संकालीत सहयोग उक्त खाधान्न चुलाचुली का अति बिपन्न परिवार हरु पहिचान गरी बितरण गरिएको हो ।बिगत मा बिभिन्न राहत हरु बितरण गरिएको तर व्यक्तिगत रुप मा गरियो तर अब आगामी दिन मा हामी जस्तो पनि सहयोग र राहत सामागरी बितरण गरिन्छ सबै फाउण्डेसन मार्फत नै गरिने सम्ब न्धित श्रोत ले जानकारी गराएको छ ।

खाधान्न बितरण का तस्बिर हरु

Facebook Comments Box