पत्रकार महासंघ इलाम शाखाको १९ औ साधारण सभा सम्पन्न , समावेशी पत्रकारिता पुरस्कार बाट सुनुवार सम्मानित
जेबिल राई, चुलाचुली इलाम/नेपाल पत्रकार महासंघ इलाम शाखाको १९ औं साधारण सभा इलाम नगरपालिका ७ स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज जेष्ठ ९ गते सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भिम चापागाइ को अध्यक्षता तथा महासंघ केन्द्रिय महासचिब राम प्रशाद दहालको प्रमुख आतिथ्यता सम्पन्न साधारण सभाको खुल्ला सत्रमा जिल्ला समन्वय समिती इलामका अध्यक्ष जय प्रकाश राई , नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिती सचिब ध्रुव भट्टराई कोषाध्यक्ष सुदिप कोइराला प्रदेश सदस्य बुद्धमाया सोङ्मी, झापा जिल्ला अध्यक्ष एकराज गिरि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उपचारिक उदघाटन पश्चात इलाम शाखाकी उपाध्यक्ष सुनिता राइले सम्पुर्ण उपस्थित महानुभाब हरुलाइ स्वागत गर्दै स्वागत मन्तब्य राख्नु भएको हो ।
उक्त १९ औं साधारण सभाको अवसर पारेर इलाम का अग्रज पत्रकारहरु सोम सुसेली, बिजय शेखर भट्टराई तोयानाथ भट्टराई लाई सम्मान गर्नुका साथै महासंघ इलाम शाखाले स्थापना गरेको समावेशी पत्रकारिता पुरस्कार २०८३ बाट सन्दकपुर अनलाइन मा कार्यरत पत्रकार सोम सुनुवार लाई पुरस्कृत समेत गरेको थियो ।
कार्यक्रममा सुभकामना मन्तब्य राख्दै इलाम शाखाका सल्लहकार राम योङहाङ्ग ले महासंघ मार्फत स्थापना गरिएको समावेशी पत्रकारिता पुरस्कार प्रसंसनिय रहेको र आगामी दिनमा यस्ता पुरस्कार हरु थप्दै जानू पर्ने बताउनु भयो । त्यसैगरी पत्रकार महादंघ झापाका अध्यक्ष एकराज गिरिले इलाम शाखाको अति महत्वपुर्ण कार्यक्रममा उपस्थित हुन पाउँद खुसी लागेको बताउनु भयो त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथी जिल्ला समन्वय समिती इलाम का संयोजक जय प्रकाश राइले पत्रकार हरु ले देशमा ठुला ठुला परिवर्तन हरु ल्याउने गरेको र पछिल्लो समय केन्द्रिय सरकारको बिज्ञापन नितिका बिरुद्ध आन्दोलन गरिरहेको र यो आन्दोलन सफल हुने साथसाथै यो आन्दोलन मा इलामको स्थानिय तहको तर्फबाट समर्थन रहेको बताउनु भयो ।
त्यसै गरि कार्यक्रम मा कोशी प्रदेश समितिका सचिब, कोषाध्यक्ष तथा केन्द्रिय महासचिब ले समेत सुभकामना ब्यक्त गर्नु भएको थियो ।
उक्त १९ औं साधारण सभाको बन्द शत्रमा इलाम शाखाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष भगिरथ भण्दारी ले गर्नुभएको हो भनें वहाले आर्थिक वर्ष २०८२/८३ मा ११ लाख ९० हजार ६ सय ६० रुपैयाको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको हो । त्यसैगरी शाखाका सचिव टिका खतिवडा ले शाखाको सांगठानिक एवं प्रगती प्रतिवेदन र भावी योजना समेत प्रस्तुत गर्नु भएको थियो । बन्द सत्रमा गणपुरक संख्याले शाखाको वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन लाई समेत अनुमोदन गरेको छ ।
