देवेन्द्र पौडेल ,इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर १ हातिलेदा स्थित किराँत हाङसाम साम्योक माङहिम मा आज एक बिषेस कार्यक्रम को आयोजना गर्दै महागुरु फाल्गुनन्द को १३९ औ जन्म जयन्ती मनाइएको छ ।
माङहिम अध्यक्षा दल सम्सेर लावती को अध्यक्षता मा सम्पन्न औपचारिक कार्यक्रम मा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ प्रमुख अतिथी हुनुहुन्थ्यो ।त्यसै गरी अन्न्य बिशिष्ठ अतिथी हरु मा ज्ञानोदाय लावती , हरी देवी राइ लावती हुनुहुन्थ्यो । त्यसै गरी अन्य अतिथी हरु मा चुलाचुली का सबै वडा का वडाध्यक्षहरु सामाजिक, राजनितिक ब्यक्तित्व हरुको उपस्थिती मा प्रमुख अतिथी ले महागुरु फाल्गुनन्द को फोटो मा माल्यार्पण गर्दै कार्यक्रम को समुदघाटन गरिएको हो ।।

कार्यक्रम मा किराँत धर्म सत्यहाङमा सेवा समिती ले झापा , दमक निवासी कमला मेन्याङबो बेघा लाई सम्मान समेत गरेको हो । त्यसै गरी कार्यक्रम मा बोल्दै सामाजिक ब्यक्तित्व अनुप अधिकारी ले माङहिम मा स्थापना गरिएको अक्षय कोष मा जम्मा हुने गरी रु. ५ हजार ५ सय ५५ रुपैया सहयोग को चेक माङहिम अध्यक्ष दल सम्सेर लावती लाई हस्तान्तरण गर्नु भयो ।कार्यक्रम मा बोल्ने अन्य बक्ताहरु चुलाचुली ५ का वडाध्यक्ष बबिन राइ , चुलाचुली २ स्थित राधाकृष्ण मन्दिर का अध्यक्ष गंगा चापा गाई किराँत धर्म सत्यहाँङमा सेवा समिती का केन्द्रिय सदस्य हरिदेवी राइ लावती स्थानिय समाजसेवी अनुप अधिकारि , सन्तोश थाम्सुहाङ , ध्रुव लावती ,नाम्लिहाङ चेम्जोङ , गंगा साउदेन ,कान्छा लावती लगायत ले महागुरु फाल्गुनन्द द्वारा प्राणी जगतको उद्धार र समाज सुधार का साथै किराँत धर्म मा गरिएका अन्य कामहरु को चर्चा गर्नु भयो ।

कार्यक्रम का प्रमुख अतिथी गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ ले यस आर्थीक वर्षमा माङहिम को पुरानो टिन को छानो फेर्न लाई रु. २ लाख ५० हजार रुपैया बजेट बिनियोजन गरिएको बताउनु भयो । त्यसै गरि साहित्यकार, इतिहासकार तथा मुर्तिकार ज्ञानोदय लावतिले जतिबेला चुलाचुली क्षेत्र लाई मानव बस्ती बिहिन बनाउन राज्य संयन्त्र प्रहरी प्रशासन र राजनितिकर्मी हरु सम्पुर्ण लागि परेको बेला यहाँ का स्थानिय हरुलाइ साथ दिने कोहि नभएर स्थानियले आफुहरुलाइ सहयोग गर्ने एकमात्र दैबी(मांङ) शक्ति भएको र गाँउले लाई शक्ति प्राप्त होस भनी किराँत हाङसाम साम्योग माङहिम स्थापना गरिएको बताउनु भयो ।

त्यसै गरि फाल्गुनन्द जयन्ती कै अवसर मा चुलाचुली १ स्थित बहुभासिक लाफायाङ पाठशाला मा रहेको फाल्गुनदको सालिकमा माल्यार्पण साथै पुजा आराधाना समेत गरिएको हो । त्यसै गरि चुलाचुली ३ स्थित सेमिच्योङ मन्दिर परिसर मा रहेको महागुरु फाल्गुनन्द को सालिक मा समेत माल्यार्पण र पुजा आराधाना गर्दै फाल्गुनन्द को १३९ औं जन्म जयन्ती मनाइयो ।

फाल्गुनन्दले किरात समुदायभित्र आर्थिक,सामाजिक,सास्कृतिक,धार्मिक,भाषा,लिपी संरक्षणमा गरेको कार्यको उच्च मुल्याङकन गर्दै नेपाल सरकारले बि.स.२०६६ मंसिर १६ गते १६ औ राष्ट्रिय बिभूतिको घोषणा समेत गरेको छ । फाल्गुनन्दको सम्मानमा हुलाक टिकट प्रकाशसन गरिएको छ भने इलाममा निर्माणाधिन विमानस्थललाई फाल्गुनन्द विमानस्थल र दमक रवि मोटरबाटोलाई फाल्गुनन्द मार्ग नामाकरण गरिएको छ । उनै राष्ट्रिय विभुति फाल्गुनन्दको १३९ औ जन्मजयन्ति प्रत्येक बर्ष कार्तिक २५ गते देश विदेशमा किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ,लिम्बू विद्यार्थी मञ्च लगायत, किरातजन्य संघसंस्थाहरु, सत्यहाङमा पन्थीहरुकको अगुवाईमा इलामको माङसेबुङ स्थित लारुम्बा, फुएतप्पा, मावु, सुकिलुक्बा, सिद्धिथुम्का, जीतपुर, पान्थरको सिलौती, लब्रेकुटी, याङनाम,यासोक,जोरपोखरी,ताप्लेजुङको कावेली दोभान,फक्ताङलुङ क्षेत्र, झापाको शिवसताक्षी स्थीत चिल्लागढ, दमक,काठमाण्डौको हातिवन,पशुपति स्थीत बनकाली क्षेत्र, इलामको चुलाचुली लगायतको स्थानहरुमा भब्यता का साथ मनाउने गरिन्छ ।

Facebook Comments Box