शिक्षक विद्यार्थी देउसी खेल्दै,रमाउदै
मंसिर १, इलाम टाइम्स चुलाचुली/अति बिपन्न बर्गका विद्यार्थीहरु लाई जाडोको न्यानो कपडा उपलब्ध गराउन इलाम को चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित श्री अमृत इङलिस बोर्डिङ स्कुल ले दिपावली मा देउसी भैलो नाच सन्चालन गरेको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर ६ का केहि बिद्यालय हरु रहेको क्षेत्र मा बिशेस गरी साकफारा, दसमी मा बारै मास जाडो हुने भएकाले मुख्य गरेर यही क्षेत्रका बालबालिका हरु लाई ध्यान दिदै अन्य बिद्यालय हरु मा समेत अध्ययन गर्ने अति बिपन्न परिवार का विद्यार्थीहरु लाई जाडो को न्यानो कपडा बितरण गर्ने उद्धेश्य राखी यती बेला सम्पुर्ण बिद्यालय परिवार देउसी भैलो खेल्नमा ब्यस्त छ ।यस पटक को दिपावली मा बिद्यालय एक हप्ता भन्दा बढी बिदा रहने भएका ले सो बिदा लाई सदुपायोग गर्दै विद्यार्थी हरु लाई सामुहिक सामुदायिक कृयाकलाप को अभ्यास र नृत्य तथा विद्यार्थी हरु मा भएको नृत्य तथा गायन कला को बिकास समेत हुने भएका ले र विद्यार्थी हरु लाई मनोरन्जन समेत हुने भएका ले यो देउसी भैलो कार्यक्रम को आयोजन गरिएको बिद्यालय श्रोत तो दावी छ ।

देउसी भैलो बाट संकलित रकम लाई पारदर्शी तवरले सही ठाउँमा लगानी होस भन्ने उद्धेश्यले बिद्यालय परिवार भन्दा बाहिरका केहि ब्यक्तीहरु लाई कोष जिम्मा लगाइएको र बिद्यालय ले नृत्यकार बालबालिका हरु को ब्यवस्थापन गर्ने र अन्य ब्यवथापन दिनेश पौडेल को संयोजकत्व को टोली ले गरी राखेको जानकारी बिद्यालय का पृन्सिपल सन्तोश राइ ले जानकारी दिनु भयो ।
त्यसै गरी चुलाचुली ४ मा अवस्थित बालज्योती माध्यमिक बिद्यालय को स्काउट दल ले पनि देउसी भैलो कार्यक्रम सन्चलन गरेको छ भने चुलाचुली ३ स्थित किराँतेश्वर माध्यमिक बिद्यालय बाट सिक्षक, कर्मचारी बिद्यालय ब्यवस्थापन समिती, अभिभावक को संयुक्त टोली ले देउसी भैलो कार्यक्रम सन्चालन गरेको छ ।

यसरि बिद्यालयहरु को तर्फबाट देउसी भैलो खेल्नु राम्रो पक्ष मानिन्छ ,बिद्यालय स्तर बाटै चाडबाडमा सदभाब फैलाउदै हिडनु ले पक्कै पनि सकारात्मक सन्देश प्रवाह गर्ने देखिन्छ । बिदा को दिन हरु मा आफ्नो परिवार सँगा बस्न छोडेर विद्यार्थी हरु सँग नाच्दै रमाउदै चाडबाड को शुभकामना साटासाट गर्दै हिडदै गर्दा देउसी भैलो को बहाना मा आर्थीक संकलन को पाटो लाई मुख्य नबनाइ अभिभावक हरु संग आफ्नो बिद्यालय को बारेमा धारणा बुझ्ने र गुनासो संकलन गर्दै बिद्यालय मा भएका समस्या हरु समेत अभिभावक हरु सँग साटासाट गर्दै देउसी खेलेमा अझ रामो हुने देखिन्छ ।
