मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा ठूलो संख्याका यात्रु घाइते भएका छन् । 

पशुपतिनगर प्रहरीका अनुसार धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएको बस फर्किँदा लसुनेमा सडकबाट खसेर दुर्घटना भएको हो । 

बसमा सवार ३८ मध्ये सबैजसो यात्रु घाइते भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार कार्य जारी छ । 

थप विवरण आउन बाँकी छ । पालिका पेज बाट साभार

Facebook Comments Box