जलवायु सुचना प्रणाली सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न
जेबिल राई चुलाचुली /सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ इलामले मौसम तथा जलवायु सुचना सेवा प्रणाली सम्बन्धि एक दिने अभिमुखिकरण तालिम आज जेष्ठ १४ गते बिहिबार चुलाचुली मा सम्पन्न गरेको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर ५ आँपझोला स्थित दलित भवन मा सम्पन्न उक्त अभिमुखिकरण तालिम को सभाध्यक्ष स्थानिय बन उपभोक्ता महासंघ चुलाचुली का अध्यक्ष चन्द्र दंगाल हुनुहुन्थ्यो भनें प्रमुख अतिथी चुलाचुली ५ नम्बर का वडाध्यक्ष बबिन राई , विशिष्ठ अतिथी सव डिभिजन बन कार्यालय का सहायक इन्चार्ज सीता योगि हुनुहुन्थ्यो भनें कार्यक्रम लाई सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ का अध्यक्ष गोकुल राइले सहजिकरण गर्नु भएको थियो ।
चुलाचुली चुलाचुली तथा माङसेबुङ्ग गाउपालिका का १० वटा भन्दा धेरै सामुदायिक बन उपभोक्ता समूह का पदाधिकारिहरुको उपस्थिति रहेको उक्त अभिमुखिकरण तालिम मा मौसम तथा जलबायु सम्बन्धी सुचना प्रणालिका बिषयमा अन्तरकृया र छलफल गरिएको थियो ।औपचारिक कार्यक्रम लाई सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ इलामकी सचिब संगिता थलङ लिम्बुले सन्चालन गर्नुभएको थियो।
