चुलाचुलीमा दोश्रो अध्यक्ष कप प्रतियोगिता सन्चालन हुने
देवेन्द्र पौडेल चुलाचुली /इलामको चुलाचुली गाउपालिका स्तरिय युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा चुलाचुली गोल्डकप दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।
चुलाचुली गाउपालिका मा हिजो जेष्ठ ११ गते उक्त प्रतियोगिता का बारेमा जानकारी दिनका लागि पत्रकार सम्मेलन गरिएको थियो । खेल आयोजक युवा तथा खेलकुद समन्वय समितिले दिएको जानकारी अनुसार उक्त प्रतियोगिता आगामी जेष्ठ १७ गते देखि चुलाचुली ३ स्थित किराँतेश्वर माध्यमिक बिध्यालयको खेल मैदान मा चुलाचुली गाउपालिका भित्रका ८ वटा फुटबल टिम हरु बिच प्रतिष्पर्धा हुनेछ ।
सो प्रतियोगिताका लागि चुलाचुली गाउपालिका ले ५ लाख रुपैया बिनियोजन गरेको छ भनें प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भनें उपबिजेता टोलिले नगद रु ५० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
चुलाचुली गाउपालिका को आर्थिक सहयोग मा युवा तथा खेलकुद समन्वय समितिले आयोजना गर्न लागेको चुलाचुली गोल्डकप दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को सह-अयोजक का रुपमा चुलाचुली ३ नम्बर वडा कार्यालय रहेको छ ।
चुलाचुली गाउपालिका मा अत्यन्तै लोकपृयता पाएको फुटबल प्रतियोगिता सन्चालनका लागि सामुदायिक तथा सरकारी दुबै तर्फबाट निक्कै ठूलो लगानी हुने गरेको छ । बिगतमा फुटबल लाई मनोरन्जन का रुपा मात्रै लिइएता पनि पछिल्लो समय उक्त खेलका माध्यम बाट फुटबल क्लबहरु र खेलाडिहरुको ब्यावसायिकता का बारेमा समेत बहस र अभ्यास हुने गरेको छ । सरकारी लगानी मा सन्चालन हुने यस्ता प्रतियोगिता हरुले स्थानिय तहको कार्यसम्पादनको ग्राफ बढाउन्र मात्रै नभएर ब्यावहारिक पाटोमा फुटबल खेलक्षेत्र खेलाडी र फुटबल क्लब हरुको स्तर उन्नति समेत आयोजकले ध्यान दिनु पर्ने देखिन्छ ।
