यमन द्वारा नेपाल पराजित
विश्वकप २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटका लागि भएको खेलमा घरेलु टिम नेपाल यमनसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा यमनसँग नेपाल २–० गोलले पराजित भएको छ ।
यमनका ओमार अब्दुल्लाह अल दाहीले ७२औं र मोहम्मद अब्दुल्लाह अल–दाहीले खेल सकिनै लाग्दा नेपालविरुद्ध अर्काे गोल गरे । नेपालले जबाफी गोल फर्काउन सकेन ।
दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको थियो ।
नेपाल र यमनले अहिलेसम्म पाँच खेल खेलेकामा सबैमा नेपालले हार बेहोर्नुपरेको छ ।
Facebook Comments Box
