देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ४ का सोमनाथ पोख्रेल र देवी कुमारी पोख्रेल ले ११ केजी को सिमलतरुल फलाएका छन ।
चुलाचुली गाउपालिका ४ आइतबारे निवासी पोख्रेल दम्पतिले ४ फिट २ इन्च लामो र ११ केजी तौल रहेको सिमल तरुल गत मंसिर २ गते बारिमा सिमल खन्ने क्रममा फेला पारेका हुन । सामान्यतया ८ देखी ९ महिना मा तयार हुने सिमल तरुल कन्दमुलको रुपमा चिनिएता पनि पछिल्लो समयमा आएर यसबाट प्राप्त हुने पौष्टिक तत्वहरु को कारण ले गर्दा मानब जिवन मा निक्कै लाभदायक र गुणकारी मान्न थालिएको छ । विशेष स्थानहरु मा मात्रै राम्रो उत्पादन हुने उक्त सिमलतरुल चुलाचुली गाउपालिका को भनें पहिचान नै बनिसकेको छ । सुक्खा बलौटे र खुकुलो माटोमा राम्रो उत्पादन हुने उक्त सिमलतरुल चुलाचुली का प्राय सबै क्षेत्र मा उत्पादन हुने र जसमा पनि ४ नम्बर वडा को खेती योग्य जमिन को ७० प्रतिशत भुभाग मा यसको खेती गर्ने गरिन्छ । बिदेश तथा अन्यत्र सिमलतरुल बाट बिभिन्न प्रकार का मिठाइ, पिठो लगायत का खाद्य सामाग्री हरु बनाइने गरिएता पनि यस क्षेत्रमा सामान्यतया फलाहार को रुपमा प्रयोग गर्ने गरिएको छ भनें कही कतै स्थानिय प्रविधी को प्रयोग गरेर स्थानिय खाध्य सामाग्री समेत तयार गर्ने गरिन्छ ।

पोख्रेल दम्पती ले बिगत ८ बर्ष देखी सिमलतरुल रोप्दै आउनु भएको हो तर यस पटक को जस्तो ठुलो चै फलाउन सकिएको थिएन सोम नाथ पोख्रेल को भनाई छ । सामान्यतय ३ केजी सम्मको फल्ने गरेको सिमलतरुल एक बोटमा यती ठुलो फल्दा आफै अचम्मित भएको उनको भनाई छ । साथै वहाँ ले थप्नु भयो चुलाचुली को स्थानिय सरकार पनि सिमलतरुल लाई प्रवर्द्धन गर्न र स्थानिय सिमलतरुल कृषकहरु लाई सो बाली मै आत्मनिर्भर बनाउन सकारात्मक रहेका कारण सो ११ केजी को ४ फुट २ इन्च लामो तरुल हाल सम्म आफुले सुरक्षित राखेको तर स्थानिय सरकार को तर्फबाट कसैले खोजी नगरेका कारण र धेरै दिन सम्म यसलाई राख्दा खराब पनी हुने भएकाले उक्त तरुल राजधानी काठमाण्डौ मा प्रदर्शनि मा राख्न का लागी केहि ब्यक्तीहरु ले मागेका कारण त्यतै दिने सोच रहेको पोख्रेल ले बताउनु भयो ।

त्यसो त सिमलतरुल खेती को इतिहास हेर्ने हो भनें तत्कालिन बाँझो गाउपन्चायत वडा नम्बर ९ हाल चुलाचुली ४ का स्व. पदम बहादुर राइ ले २०४८ साल मा १४ केजी तौल को ५ फिट लम्वाई रहेको सिमल तरुल फलाएको वहाँका छोरा पुष्पराज राइ ले बताउनु भयो । राइ का अनुसार हामी सानै थियौ हाम्रो बुवा ले बुवा को उचाइ बराबर को सिमल तरुल खाल्डो खनेर निकालेको याद गर्दै भन्नु भयो अहिले को जस्तो प्रविधी थिएन फोटो भिडियो बनाउन लाई । त्यसरि नै गत बर्ष मात्रै चुलाचुली ४ निवासी कुमार जोगी ले समेत ९ केजी को सिमल तरुल फलाउनु भएको थियो ।

चुलाचुली गाउपालिकाको स्थानिय सरकार ले समेत आफ्नो गाउपालिका मा अत्याधिक उत्पादन हुने सिमलतरुल ले राम्रो बजार नपाएको कारण आफै उत्पादन गरेर त्यसलाई परिकार मा परिणत गर्दै स्थानिय किसान का साथै पालिकाको समेत आम्दानी को श्रोत निर्माण गर्न पहल नगरेको भनें हैन । सिमित बजेट का कारण लगानी साझेदारी गर्ने सस्था समेत खोजी गरेको थियो , तर उपयुक्त सस्था सम्पर्कमा नाअएका कारण सो बजेट स्थानिय सिमलतरुल खेती गर्ने किसान हरु लाई अनुदान स्वरुप बितरण गर्दा अनियमितता भएको/ गरिएको आरोप गाउपालिका मा कार्यरत कर्मचारी तथा जनप्रतीनिधी हरु ले अहिले सम्म खेपी राख्नु परेको छ ।

स्थानिय स्तर मा उत्पादित उदाहरणिय र बिषेश प्रकारका उत्पादन हरु लाई स्थानिय सरकार ले प्रोत्साहन र हौसला का साथ स्थानिय स्तर मै कृषी मेलाहरुको आयोजना गरेर प्रदर्शनि मा राखेर पालिका को समेत आम्दानी को आन्तरिक श्रोत निर्माण गर्न पट्टी ध्यान दिनु आवश्यक देखिन्छ ।

Facebook Comments Box