देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/नेपाल बहुउद्देश्यीय सहकारी सस्था एनएमसी को चुलाचुली सेवा केन्द्रले आफ्नो३१ औं साधारण सभा हिजो मंसिर ८ गते शुक्रबार चुलाचुली गाउपालिका वडा नम्बर २ को सभा हल मा सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समिती इलामका प्रमुख जय प्रकाश राई को प्रमुख आतिथ्यता तथा एनएमसी सहकारी का प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेती, संचालक समिती सदस्य सबित्रा दहाल भट्टराई तथा डेरि ब्यावसाय प्रमुख नवराज सुवेदिको आतिथ्यता मा एनएमसी चुलाचुली कार्यलय उपसमिती संयोजक तिलक सिं फागो को अध्यक्षता मा उक्त साधारण सभा सम्पन्न भएको हो ।

गत मंसिर २ गते देखी साधारण सभा सुरु गरेको नेपाल बहुउद्धेश्य सहकारी सस्था ले आफ्ना ५८ वटै शाखा हरु मा मंशिर ८ गते सम्पन्न गर्ने कार्यतालिका अन्तर्गत मंसिर ८ गते चुलाचुली लगायत अन्य ९ गरी जम्मा १० वटा शाखा हरु मा एकै साथ साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रम मा बोल्दै सस्था का प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेती ले भन्नु भयो भौगोलिक सहजता का लागी इलाम जिल्ला का दुइ वटा शाखा हरु चुलाचुली र दानाबारी लाई झापा क्षेत्र अन्तर्गत राखेर सस्था ले कारोबारी गरी राखेको ब ताउनु भयो साथै वहाँ ले थप्नु भयो सस्था ले आगामी श्रावण १ गते देखी रु पाँच हजार भन्दा माथी को शे य र खरिद गर्ने सदस्य हरु लाई सदस्य कल्याण कारी योजना लागु गर्ने तयारी गरिरहेको बताउनु भयो ।

त्यसै गरी कार्यक्रम मा बोल्दै प्रमुख अतिथी जय प्रकाश राइ ले निर्वाह मुखी कृषी ब्यावसाय लाई सहकारी को माध्यम बाट सामुहिकिकरण गरेर आम किषान हरु को जिवन स्तर उकास्न सहकारी को मुख्य भूमिका रहेको बताउनु भयो साथै वहाँ ले एनएमसी सहकारी लाई इलाम जिल्ला मा चिया र दुधका अलवा किवी फल संग सम्बन्धित कार्यक्रम हरु समेत सन्चालन गर्न अनुरोध गर्नु भयो । कार्यक्रम का दौरान मा उपस्थित सदस्य हरु बाट आएको सल्लाह सुझाब तथा गुनासो हरु संकलन गरेर बलिभद्र कोइराला ले प्रश्तुत गर्नु भएको थियो ।

उक्त वार्षिक साधारण सभा मा चुलाचुली गाउपालिका उपाध्यक्ष दिल कुमारी योङहाङ पुर्व जिला समन्वय समिती का पुर्व प्रमुख गणेश बराल चुलाचुली गाउपालिका वडा नम्ब र २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ लगायत स्थानिय लब्ध प्रतिष्ठित बुद्धिजिवी हरु को समेत उपस्थिती रहेको थियो । बिहान ११ बजे देखी सन्चालन भएको उक्त कार्यक्रम अपरान्ह ३ बजे समापन भएको थियो भनें कार्यक्रम मा सन्चालक समिती प्रतीनिधी साबित्रा दहाल भट्टराई डेरी ब्यावसय प्रमुख नवराज अधिकारी चुलाचुली गाउ पालिका उपाध्यक्ष दिल कुमारी योङहाङ पुर्व जि. स. स. प्रमुख गणेश बराल लगायत ले आ आफ्नो बिचार प्रश्तुत गर्नु भएको थियो ।

Facebook Comments Box