बचत गर्न सिकाउदै जनता मा. बि.
देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम जिल्ला को चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित श्री जनता माध्यमिक बिद्यालय ले विद्यार्थी हरु लाई पठनपाठन का अलवा आर्थीक बचत गर्न समेत सिकाउने गरेको छ ।
पछिल्लो समय अभिभावकहरु ले आफ्ना बच्चाहरु को चाहना अनुरुप आर्थीक पाटोमा समेत खुकुलो भएर बिद्यालय आउँदा नगद दिएर पठाउने होडबाजी नै चलेको छ जसले गर्दा बच्चाहरु फुर्मासी र खर्चिला बन्दै गएका कारण अनावश्यक खर्चलाई कटौती गरी बचत गर्ने बानिको बिकास गर्न का लागी झापा को काकरभिट्टा मा मुख्य कार्यलय रहेको नेपाल बहुउद्धेश्य सहकारी सस्था(एनएमसी) को चुलाचुली सेवा केन्द्र संग सहकार्य गरि ‘जनता माध्यमिक बिद्यालय सेभिङ्ग क्लब’ गठन गरेर बचत गर्न सुरु गरिएको हो । जनता माध्यमिक बिद्यालयका कक्षा ६ देखी कक्षा १० सम्म का ४३ छात्रा तथा ३१ छात्र गरी जम्मा ७४ जना विद्यार्थी हरु उक्त जनता माध्यमिक स्टुडेण्ट सेभिङ क्लब मा सहभागी छन ।
अभिभावक, विद्यार्थी र बिद्यालय प्रशासन तृ पक्षिय सम्झौता पश्चात सुरु गरिने उक्त बचत कार्यक्रम मा बिद्यालयका जुनसुकै कक्षा मा अध्ययन गर्ने विद्यार्थी सहभागी हुन पाउने छन भनें विद्यार्थी ले उक्त सेभिङ क्लब बाट बाहिरीन चाहेमा आफुले बचत गरेको रकमको ७ प्रतिशत ब्याज सहित साँवा रकम फिर्ता पाउने छ । २०७९ साल पौष महिनामा २ हजार ४ सय १० रुपैया बाट सुरु भएको उक्त जनता माध्यमिक बिद्यालय स्टुडेण्ट सेभिङ क्लब मा गत कार्तिक महिना मा ३ हजार ५ सय ८० रुपैया जम्मा गर्दै हाल सम्म सो क्लब को खाता मा २७ हजार २ सय ५५ रुपैया जम्मा भएको छ । यसरि बिद्यालय मा विद्यार्थी हरु को सामुहिक खाता खोली आर्थीक कारोबार गरे बापत उक्त नेपाल बहुउद्धेश्य सहकारी सस्था (एनएमसी) ले बिद्यालय लाई वार्षिक ५ हजार रुपैया बराबर को खेलकुद सामाग्री खरिद गरिदिने साथै उक्त सेभिङ्ग क्लब मा एक जना शिक्षक को-अर्डिनेटर को रुपमा रहने भएकाले उक्त शिक्षक लाई समेत वार्षिक ५ हजार रुपैया खाजा खर्च स्वरुप उपलब्ध गराउने गरेको छ ।
यसरि बिद्यालय मा निर्धारित पाठ्यक्रमका अलवा अन्य जिवन उपायोगी ज्ञानहरु सिकाउने, अध्ययनले मात्रै जिवनमा सफलता प्राप्त गर्न सकिदैन जसका लागी अन्य कृयकलापमा समेत उत्तिकै दक्षता हासिल गर्नुपर्छ र आर्थीक पाटो मानिसको जिवनको अभिन्न पाटो हो र यसका लागी सुरु बाटै सोच्न पर्छ भन्ने ज्ञान विद्यार्थी मा हुनुपर्छ भन्ने आसयका साथ नेपाल बहुउद्धेश्य सहकारी सस्था (एनएमसी) ले आफ्नो निती मै स्टुडेण्ट सेभिङ्ग क्लब को अवधारणा राखेको बताउनु हुन्छ एनएमसी चुलाचुलीका कर्जा बिभाग प्रमुख झमक श्रेष्ठ ।
