देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुलि / इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ मा रहेको चेतनशिल युवा समाज ले तेश्रो चेतनशिल गोल्ड कप फुटबल प्रतियोगिता भोली मंसिर २५ गते देखी सन्चालन गर्ने भएको छ ।
चुलाचुली ५ स्थित चपेटी खेल मैदान मा सन्चालन हुने उक्त प्रतियोगिता मंसिर २५ देखी पौष १ गते सम्म सन्चालन हुनेछ भने उक्त प्रतियोगितमा इलाम झापा र मोरङ का गरी जम्मा १० फुटबल टिमहरु को सहभागिता रहने छ ।

२०७७ साल मा स्थापना भएको चेतनशिल युवा समाजले स्थानिय स्तर का सामाजिक कार्यका अलवा खेलकुद लाई समेत समाज परिवर्तन को संवाहक मान्ने भएका ले २०७७ मा पहिलो चेतन शिल कपको आयोजना गरेको थियो त्यसै गरी २०७८ साल फाल्गुण ८ गते देखी १४ गते सम्म दोश्रो चेतनशिल कप को आयोजना गरिसकेको छ । खेलकुद का साथ साथै चेतनशिल युवा समाजले समाज लाई परिवर्तन गर्नका निम्ती आवश्यक पुँजी निर्माण कार्यलाई समेत एकै साथ अघाडी बढाइ राखेको र उक्त पुजी लाई आफ्नै समुह भित्र बचत तथा ॠण सहकारिको अवधारणा बनाएर लगानी गरिरहेको र समुहमा आवद्ध सम्पुर्ण सदस्य हरु बाट मासिक बचत संकलन गरी २ लाख भन्दा बढी को पुँजी निर्माण गरिसकेको सस्थाका संरक्षक बबिन बान्तवा ले जानकारी दिनु भयो ।

आगामी मंसिर २५ गते देखी सुरु हुने उक्त चेतनशिल तेश्रो गोल्ड कपको पहिलो दिन को खेल आयोजक र सिङफेरे फुटबल क्लब माङसेबुङ बिच हुनेछ । त्यसै गरी प्रतियोगिता को दोश्रो दिन को पहिलो खेल चुलाचुली एफ सि दमक र एम एफ सि युथ क्लब तथा दोश्रो खेल टसी ब्वाइज क्लब र द लायन्स एकेडेमी चुलाचुली बिच हुनेछ । बिजेता टिम ले नगद रु ४० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भनें उपबिजेता टिमले नगद रु ३० हजार ट्रफी मेडल र प्रमान पत्र प्रदान गरिने साथै अन्य बिधागत पुरस्कार हरु समेत रहेको जानकारी आयोजक का तर्फ बाट डेनिश राइ ले जानकारी दिनु भयो ।

Facebook Comments Box