तेश्रो चेतनशिल कप: चुलाचुली एफसि र टासी ब्वाइज को अग्रता

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउ पाल्लिका वडा नम्ब र ५ स्थित चपेटी खेल मैदान मा जारी तेश्रो चेतन शिल कप फुटबल प्रतियोगिता को आज दोश्रो दिन को खेल मा चुलाचुली एफ सि दमक र टासी ब्वाइज एफ सि ले जित हासिल गरेका छन ।
आज सम्पन्न चुलाचुली एफ सि दमक र एम एफ सि युथ क्लब बिच सम्पन्न पहिलो खेल मा चुलाचुली ले एम एफ सि लाई २ गोल लगाउन सफल भयो भने एम एफ सि का तर्फ बाट कुनै पनि गोल हुन सकेन । खेल को अन्तिम समय मा एम एफ सि का क्याप्टेन बिकाश लिम्बु लाई मुख्य रेफ्री लीलाअ बास्कोटा ले रातो कार्ड देखाएपछी ९ जना र ८ जना खेलाडी बिच खेल सम्पन्न भएको थियो ।
त्यसै गरी आजै सम्पन्न दोश्रो खेल मा टासी बोइज क्लब र द लायन्स एकेडेमी बिच भएको खेल मा टासी बोइज ले ३ गोल गर्दै अघिल्लो खेलका लागी आफ्नो यात्रा पक्का गरेको हो ।
उक्त प्रतियोगिता को तेश्रो दिन को खेल भोली मंसिर २७ गते चेतन शिल युवा समाज र स्टार इलाम स्पोर्टिङ क्लब बिच हुनेछ भनें भोली कै अर्को खेल आयोजक र मधुमल्ला स्पोटिङ क्लब बिच हुनेछ ।