बिबिसी हाङखिम ,इलाम टाइम्स सन्दकपुर / इलामको सन्दकपुर २ माइमझुवा स्थित टोड्के आहालेटार खेलमैदानमा टोड्के झर्ना गोल्डकप २०८० हुने भएको छ।

प्रत्येक बर्ष साकेला उधौली पर्बको अवसरमा सन्चालन हुने गोल्डकप प्रतियोगिता टोड्के झर्ना स्पोर्टिङ क्लबले आयोजना गर्दै आएको र यस बर्ष पनी सन्चालन हुने पक्क भएको हो । उक्त गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमले नगद:- ७० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भनें उपबिजेता टिमले नगद:-३५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक/ उत्कृष्ट डिफेन्डर त्यस्तै सर्बाधिक गोलकर्ताले ट्रफी मेडल र प्रमाणपत्र हासिल गर्ने आयोजक क्लबका अध्यक्ष कर्ण बुताङ राइले बताएका छन् ।

प्रतियोगिता करीब २ लाख ९५ हजार हाराहारी लागतमा सम्पन्न हुने आयोजकको अनुमान रहेको छ। प्रतियोगिता शुरु आगामी पुस ३ गतेदेखि शुरु हुनेछ। भने फाइनल खेल साकेला धान्य पुर्णिामा उधौलीको दिन हुनेछ।

Facebook Comments Box